६ लाख नगदसहित १६ जुवाडे पक्राउ « Khabarhub

६ लाख नगदसहित १६ जुवाडे पक्राउ


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले काठमाडौंको मनमैजुबाट ६ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले शुक्रबार अपरान्ह ५ बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो ।

बालाजु प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ लाख २५ हजार रुपैयाँसहित १६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तार्केश्वर नगरपालिका–९ शुभकामना चोकस्थित दिनेश पन्तको कोठामा अवैध जुवा सञ्चालन हुने गोप्य सूचनाको आधारमा १६ जुवाडेलाई शुक्रबार नियन्त्रणमा लिइएको बालाजुका डीएसपी रन्जित सिंह राठौरले बताए ।

पक्राउ परेका सबैलाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : ५९ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान