कोरोनाभाइरसः ७० हजार मानिस उपचारपछि घर फर्किए, ६९ हजारको उपचार हुँदै « Khabarhub

कोरोनाभाइरसः ७० हजार मानिस उपचारपछि घर फर्किए, ६९ हजारको उपचार हुँदै


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोनाभाइरसको संक्रमणबाट ५४ सय भन्दा बढी मानिसको मृत्यु भएपछि संसार आक्रान्त छ ।

तर उपचारपछि घर फर्किने ७० हजार ९ सय भन्दा बढी मानिसको तथ्याङ्कले उनिहरुको परिवारजनमा आशा पनि भरेको छ ।

जीवन र मरणको दोसाँधमा पुगेर फर्किएको प्रियजनलाई पूरानै अवस्थामा तंग्रिएको देख्दा तिनका परिवारमा उत्साह छाएको छ ।

चीनले कोरोनाभाइरसको महामारी लगभग नियन्त्रणमा आएको घोषणा गरेको छ । गत डिसेम्बर ३१ बाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३१ सय ७७ जनाको मृत्यु भएको छ ।

८० हजार ८ सय १७ जनामा संक्रमण देखिएकोमा ६४ हजार १ सय ५२ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

उपचारारत १३ हजार ४ सय ८८ मध्ये ४ हजार २० जनाको अवस्था सिकिस्त छ । तर संक्रमण देखिने कम न्यून भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको उद्भव भनिएको वुहान बाहेकका क्षेत्रमा यसको प्रकोप अब नियन्त्रणमा आएको चीनले बिहिबार नै जनाएको छ ।

चीनपछि कोरोनाले सबैभन्दा बढी महामारी लिएको इटालीमा १४ सय ३९ जना निको भएर घर फर्किएका छन् ।

उपचारारत १४ हजार ९५५ जनामध्ये १३ सय २८ जनाको अवस्था नाजुक छ । शनिबार विहानसम्म १२ सय ६६ जनाको मृत्यु भएको छ ।

यस्तै इरानमा ३५ सय २९ जना निको भएर घर फर्किएका छन् भने ७ हजार ३ सय २१ जनाको उपचार जारी छ । ५ सय १४ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियामा ५ सय १० जना उपचारपछि ठीक भएका छन् उपचारारत ७ हजार ३ सय ९८ जनाको अवस्था सामान्य रहेको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उपचार भइरहेकामध्ये ९३ जनाको अवस्था भने गम्भीर रहेको छ । दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट ७१ जनाको मृत्यु भएको छ ।

स्पनेमा संक्रमित हुनेको संख्या अस्वभाविक रुपमा बढिरहेको छ । त्यहाँ एकैपटक २ हजार ८६ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ५२ सय ३२ पुगेको छ ।

उपचारका लागि ४ हजार ९ सय ६ जना भर्ना भइरहँदा १ सय ९३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उपचारारत मध्ये १ सय ९० जना सिकिस्त छन् भने १ सय ३३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा कोरोनाभाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ३६ सय २१ जनामध्ये ४६ जना उपचारपछि घर फर्किएका छन् ।

उपचार भइरहेकामध्ये ४६ जना निको भएका छन् भने ९ जनाको अवस्था गम्भीर छ । त्यहाँ ८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसको संक्रमण फैलने क्रम तीब्र हुँदै गए पनि उपचारपछि ठीक हुने दर पनि उच्च छ ।

संक्रमित भएकामध्ये अहिलेसम्म ९३ प्रतिशत मानिस उपचारपछि घर फर्किएका छन् भने ७ प्रतिशतको मृत्यु भएको छ ।

मृत्यु हुनेहरु बालबालिका, बिरामी र बृद्धबृद्धा छन् । ठ्याक्कै औषधि उपचार र खोप समेत पत्ता नलागेकाले संक्रमित हुनेहरुमा रोगप्रतिरोधात्मक क्षमता बढी भएमा कुनै समस्या नहुने चिकित्सकहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ३० बजे

सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण

रामकृष्णलाई तनाव दिँदै, वर्षालाई रुवाउँदै फ्लप भयो ‘मालती मंगले’

काठमाडौं – प्रदर्शनको संघारमा बहिष्कारमा परेको फिल्म ‘मालती मंगले’ फ्लप

रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच

मेस्सी खेलको बीचमै बाहिरिँदा मियामीको जित छायामा पार्‍यो, विश्वकपअघि चोट लागेको आशंका

मियामी- आइतबार राति न्यू स्टेडियममा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ६-४

सरकारी विज्ञापन निर्णयविरुद्ध महासंघद्वारा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र

काठमाडौं– सरकारी सूचना (विज्ञापन) सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयविरूद्व आन्दोलनरत