रोनाल्डोलाई कोरोनाको संक्रमण नभएको पुष्टि « Khabarhub

रोनाल्डोलाई कोरोनाको संक्रमण नभएको पुष्टि


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

कोरोनाभाइरसको संक्रमण भएको आशंकामा घरेलु भूमी पोर्चुगलमा नै ‘क्वारेन्टाइन’मा रहेका उनमा कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको हो ।

पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोमा परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नदेखिएको पुष्टि गरेका हुन् ।

’म डाटा सुरक्षाका लागि यो मुद्दाविरुद्ध कुरा गर्न सक्दिन, तर म भन्न सक्छु कि अवस्थालाई राम्रोसंग नियालिएको छ ।’ उनले भने, ’अहिले संक्रमणको कुनै सम्भावना नभएको पक्का छ ।’

क्षेत्रीय स्वास्थ्य सचिव पेद्रो रामोसले समेत यसको पुष्टि गर्दै खेलाडी र उसका परिवार दुवैमा संक्रमणको सम्भावना नभएको बताएका छन् ।

यसअघि मार्चमा नै रोनाल्डो मडेरियामा आफ्नो आमालाई भेट्न गएका थिए । रोनाल्डो आफ्नो परिवारसंग सात तले घरको माथिल्लो दुई तलामा बस्दै आएका छन्।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ४४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना