सुन्दर समाजबाट मास्क उत्पादन « Khabarhub

सुन्दर समाजबाट मास्क उत्पादन


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- बजारमा माक्सको अभाव भइरहँदा झापा दमकका महिलाको सामाजिक संस्था सुन्दर समाज नेपालले यसको उत्पादन शुरु गरेको छ ।

उद्योग वाणिज्य सङ्घ दमकसँगको समन्वयमा संस्थाले दैनिकरुपमा छ जनाले मास्क उत्पादन गरिरहेको समाजका उपाध्यक्ष लक्की सिटौलाले बताए ।

दैनिक ५ सय बढी मास्क उत्पादन गरिरहेपनि माग उच्च रहेको सिटौलाले बताए । सो मास्क होलसेलमा प्रतिगोटा रु १५ मा बिक्री भइरहेको र व्यवसायीले सर्वसाधारणलाई २५ भन्दा बढी मूल्यमा बिक्री नगर्न आग्रह गरिएको सिटौलाले जानकारी दिए । मागअनुसार थप उत्पादन बढाइने बताइएको छ ।

समाजबाट उत्पादित माक्स विपन्न परिवारलाई निःशुल्क उपलब्ध गराउने तथा माक्स बिक्रीबाट हुने नाफाबापतको रकम आश्रम आश्रित विपन्न तथा अनाथ बालबालिका, ज्येष्ठ नागरिकको सहयोगमा खर्च गरिने समाजले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ८ : ५९ बजे

इरानको मिसाइल हमला जारी, ट्रम्पसँग वार्ताको संकेतपछि तनाव बढ्यो

तेहरान– इरानले बुधबार मध्यपूर्व क्षेत्रमा पुनः मिसाइल आक्रमण सुरु गरेको

सिंहदरबारमा तयार भए छ दलका लागि संसदीय दलको कार्यालय (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली

रवि लामिछानेको बचाउ बयान : मलाई कारागारको पत्रमा मेरो सहभागिता थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डिल्लीबजार कारागारबाट

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र