नियमित तातो पानी पिउनुहोस्, तपाईंलाई फाइदै फाइदा « Khabarhub

नियमित तातो पानी पिउनुहोस्, तपाईंलाई फाइदै फाइदा


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिस कम मात्रामा पानी पिउने गर्दछन् । एक त पानीको मात्रा कम त्यसमा पनि तातो पानी नपिउनाले शरीरमा बिभिन्न प्रकारको समस्याहरु देखापर्दछ ।

अझ मौसमको परीवर्तन भएसंग कतिपयले चिसो पेय पिउन थालेका छन् । तर चिकित्सकका अनुसार चिसो भन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने गर्दछ । तातो पानी पिउनुका फाइदा निम्नानुसार छन् :

१. तातो पानीले शरीरको शुद्धिकरण गर्दछ । उमालेको पानी आफैमा शुद्ध हुने भएकाले यसले शरीर शुद्धिकरणमा सघाउ पुर्याउँछ ।

२. पाचन प्रणालीमा गडबडी हुनेहरुले दैनिक दुइ पटक तातो पानी पिउनाले पाचन प्रणालीमा स्वस्थ्य पार्नुका साथै नियमित गर्दछ ।

३. बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्वहरु मुत्रसँगै बाहिर जान्छन्, यसले पूरै रगत सफा पार्न मद्दत गर्छ ।

४. कब्जियतबाट छुटकारा पाउन दिनहुँ बिहान तातो पानी पिउनु लाभदायक हुन्छ ।

५. बिहान वा खाना पछि हरेक पटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिएमा मोटोपना नियन्त्रण हुने गर्दछ ।

६. घाँटी दुखे वा टन्सिल भएमा तातो पानीमा नुन मिसाएर पिउँदा राहत पुग्दछ ।

७. तातो पानीको सेवन गर्दा शरीरमा तापक्रम बढ्न गई पसिना निस्कन्छ । पसिना निस्कदा शरीरमा बढि भएको नुन बाहिर निकाल्नुका साथै रगतको शुद्धिकरणमा सहयोग पूर्याउँछ ।

८. महिनावारीका समयमा पेट दुख्ने समस्या कम गर्न तातोपानी उपयोगी हुन्छ ।

९. टाउको वा पेट दुखेको बेला तातो पानी पिउँदा राहत पुग्दछ ।

१०. तातो पानीमा कागती र मह मिसाएर सेवन गर्नु उपयोगी हुन्छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ४४ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व