निर्मला पन्तदेखि कुमार पौडेलसम्मका हत्यारा कानूनी दायरामा नआएकोमा अमेरिकाको चासो « Khabarhub

निर्मला पन्तदेखि कुमार पौडेलसम्मका हत्यारा कानूनी दायरामा नआएकोमा अमेरिकाको चासो


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपालमा कानुन उल्लघंन गर्ने उच्च सरकारकारी अधिकारी र सुरक्षा निकायलाई जवाफदेही नबनाइएकोमा अमेरिकाले चासो व्यक्त गरेको छ ।

बुधबार (मार्च ११ ) मा नेपालको समेत मानव अधिकारसम्बन्धी बार्षीक रिपोर्ट सार्वजनिक गरेको अमेरिकाले विभिन्न मानवअधिकार उल्लंघनका घटनाहरुबारे अनुसन्धान गरेको तर कानुनको उल्लंघन गर्ने अधिकारी र सुरक्षा निकायलाई जवाफदेही बनाउन नसकेको औंलाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले तयार पारेको उक्त रिपोर्ट सार्वजनिक गर्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सुरक्षा अधिकारीहरुले पछिल्ला वर्षहरुमा प्रदर्शन नियन्त्रणका नाममा अत्याधिक शक्ति प्रयोग गरेको समेत बताए ।

नेपाल सरकार र सरकारका प्रतिनिधिहरुले गरेको गैरन्यायायिक हत्याका सन्दर्भमा अमेरिकाले सूची नै प्रकाशित गरेको छ । जसमा जुन २० मा विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज भनिएका कुमार पौडेलको हत्याको विषयलाई सुरुमै समावेश गरिएको छ ।

विभिन्न मानवअधिकारवादी संगठनले यो इन्काउन्टर नक्कली भएको बताए पनि अहिलेसम्म कुनै प्रहरी अधिकारीबिरुद्ध कारवाही नगरिएको विषय रिपोर्टमा समावेश छ ।

निर्मला पन्तको हत्या र बलात्कारको सन्दर्भमा अहिलेसम्म कुनै पनि संदिग्धलाई हिराशतमा नलिइएको तथा प्रदर्शनकारीमाथि गोली चलाइएको विषय पनि रिपोर्टमा उल्लेख छ ।

यस्तै भक्तपुरमा ११ बर्षीय बालक निशान खड्काको अपहरणपछिको हत्यामा संलग्न भएको भन्दै प्रहरीले गरेको इन्काउन्टरका बारेमा पनि प्रश्न उठाइएको छ ।

जातीय आधारमा हुने भेदभाव, केही आदिवासी समुहलाई भएको भेदभाव, रोजगारका सन्दर्भमा भएको भेदभावलाई पनि रिपोर्टमा उल्लेख गरिएको छ । पछिल्ला बर्षमा समलिंगी तथा तेश्रो लिंगीमाथि हुने दुर्ब्यबहार घटनामा कमी आएको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १ : ३५ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको