टेक कम्पनीमा एप्पल संसारकै उत्कृष्ट, सामसङ तेस्रो « Khabarhub

टेक कम्पनीमा एप्पल संसारकै उत्कृष्ट, सामसङ तेस्रो


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेक कम्पनीहरुको सूचीमा एप्पल कम्पनी विश्वकै उत्कृष्टमा पर्न सफल भएको छ ।

मार्केट रिसर्च फर्म आईडिसीले २०१९ को अन्तिम त्रैमाशिक र २०१९ को वेयरेबल मार्केटसँग जोडिएको डाटा सार्वजनिक गर्दा  एप्पल १ नम्बर कम्पनीको रुपमा दर्ज भएको हो ।

रिर्पोटमा एप्पल कम्पनीले ४.३ करोडभन्दा धेरै यूनिटहरुको सेलसँगै मार्केटको टपमा रहेको उल्लेख गरिएको छ । रिपोर्टमा एप्पलको नयाँ रेन्जमा रिफ्रेर्स्ड एयरपड्स, एयरपड्स प्रो र एप्पल वाच पनि सामेल रहेको जनाइएको छ ।

अमेरिकी टेक कम्पनी एप्पलले वर्ष २०१९ को अन्तिममा ३१.७ प्रतिशत मार्केट शेयरमा कब्जा गरेको छ भने कम्पनीको इयर टु इयर ग्रोथ १ सय २१.७ प्रतिशत रहेको थियो । यसको दोस्रो स्थानमा शाओमी रहेको छ ।

शाओमीले १२.४ प्रतिशत मार्केट शेयरमा कब्जा गरेको हो । त्यस्तै कम्पनीले २०१९ मा करिब ४.१ करोड यूनिटहरु सेल गर्न सफल भएको हो। २०१९ को अन्तिम त्रैमाशिकमा शाओमीले १.२ करोड वेयरेबल्सको सेल गरेको थियो ।

यसैगरी दक्षिण कोरियाली टेक ब्रान्ड सामसङ ३ करोड भन्दा धेरै वेयरेवल यूनिटहरुको सेलसँगै तेस्रो स्थानमा  परेको छ । यसको चौथो पोजिशनमा ह्वावे ८.३ प्रतिशत मार्केट शेयरसँगै रहेको छ । त्यस्तै कम्पनीको इयस टू इयर ग्रोथ १४८.८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  २ : १६ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर