बिल गेट्सद्वारा माइक्रोसफ्टको बोर्डबाट राजीनामा « Khabarhub

बिल गेट्सद्वारा माइक्रोसफ्टको बोर्डबाट राजीनामा


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले कम्पनीको बोर्डबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल लिंकडिनमा पल्स पोष्ट गर्दै उनले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएको घोषणा गरेका हुन् । अब आफ्नो ध्यान परोपकारी कार्यमा लगाउनका लागि बोर्डबाट राजीनामा दिएको उनको भनाइ छ ।

विश्वकै धनाढ्यको सूचीमा पर्ने उनले अर्का धनाढ्य वारेन बफेटको ब्रेकसायर हाथावे कम्पनीको बोर्डबाट पनि राजीनामा दिएकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

उनले अब विश्व स्वास्थ्य, शिक्षा, मौसम परिवर्तन लगायतसँग सम्बन्धित परोपकारी काममा आफ्नो ध्यान केन्द्रित गर्ने जनाएका छन् ।
उनी र उनकी श्रीमती मेलिण्डा गेट्सले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको स्थापना गरी विश्वभर परोकपरकारी काममा अर्बौं डलर खर्च गर्दै आएका छन् ।

यसअघि सन् २००८ मा गेट्सले माइक्रोसफ्टको कार्यकारीको पदबाट पछि हट्ने घोषणा गरेका थिए । त्यस्तै, उनले सन् २०१४ मा माइक्रोसफ्टको अध्यक्षको पदबाट राजीनामा दिएका थिए ।

गेट्सले सन् १९७४ मा पल एलनसँग मिलेर अल्बुकर्की, न्यू मेक्सिकोमा माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  २ : ५५ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले