डा भट्टराईको प्रश्न: छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? « Khabarhub

डा भट्टराईको प्रश्न: छोराछोरीको जीवन प्रमुख कि परीक्षा ?


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको भन्दै पूर्व सावधानी अपनाउनु पर्ने जनाएका छन् ।

उनले खुला सीमा भएको भारतमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै स्कूल बन्द गर्नुपर्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत डा भट्टराईले स्कूल भन्दा छोराछोरीको जीवन प्रमुख भएको बताएका छन् ।

ट्वीटरमा उनले लेखेका छन्,‘कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिनरहप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो ? छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ?सत्ताधारी कमरेडहरूको ध्यान जाला ?’

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ४ : ११ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा