अत्यावश्यक बाहेक अन्तर्राष्ट्रिय यात्रा नगर्न क्यानेडेली प्रधानमन्त्रीको आह्वान « Khabarhub

अत्यावश्यक बाहेक अन्तर्राष्ट्रिय यात्रा नगर्न क्यानेडेली प्रधानमन्त्रीको आह्वान


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा– क्यानाडाका नागरिकलाई अत्यावश्यक बाहेक अन्य भ्रमण स्थगित गर्न प्रधानमन्त्री जस्टिन ट्रुडोले आग्रह गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन सक्ने भएकाले विशेष गरेर अन्तर्राष्ट्रिय यात्रा रोक्न उनले आह्वान गरेका हुन् । साथै उनले आफू पनि क्वारेन्टाइनमा बसिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि उनकी श्रीमती सोफियालाई कोराना भाइरसको सङ्क्रमण भएको सार्वजनिक भएको थियो ।

विश्वभर कोरोना भाइरसको प्रकोप चुलिरहेका बेला क्यानाडेली प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् । हालसम्म कोरोना भाइरसका कारण ५५४४ जनाको ज्यान गइसकेको छ भने अरु १ लाख ४८ हजार जना यसबाट संक्रमित छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ५ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको