अत्यावश्यक बाहेक अन्तर्राष्ट्रिय यात्रा नगर्न क्यानेडेली प्रधानमन्त्रीको आह्वान | Khabarhub Khabarhub

अत्यावश्यक बाहेक अन्तर्राष्ट्रिय यात्रा नगर्न क्यानेडेली प्रधानमन्त्रीको आह्वान


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा– क्यानाडाका नागरिकलाई अत्यावश्यक बाहेक अन्य भ्रमण स्थगित गर्न प्रधानमन्त्री जस्टिन ट्रुडोले आग्रह गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन सक्ने भएकाले विशेष गरेर अन्तर्राष्ट्रिय यात्रा रोक्न उनले आह्वान गरेका हुन् । साथै उनले आफू पनि क्वारेन्टाइनमा बसिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि उनकी श्रीमती सोफियालाई कोराना भाइरसको सङ्क्रमण भएको सार्वजनिक भएको थियो ।

विश्वभर कोरोना भाइरसको प्रकोप चुलिरहेका बेला क्यानाडेली प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् । हालसम्म कोरोना भाइरसका कारण ५५४४ जनाको ज्यान गइसकेको छ भने अरु १ लाख ४८ हजार जना यसबाट संक्रमित छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ५ : २३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय