प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शनिवार प्रधानमन्त्रीलाई भेट्न नेता नेपाल बालुवाटार पुगेका थिए ।

नेता नेपाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझन् र स्वास्थ्य लाभको कामना गर्न नेता नेपाल बालुवाटार पुगेका हुन् ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री १२ दिनको अस्पताल बसाइपछि शुक्रबार डिस्चार्ज भएका थिए । उनी अहिले बालुवाटारमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

यसअघि शनिवार बिहान नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्नुका साथै पछिल्लो राजनीतिक घटनाबारे पनि जानकारी गराएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : ३३ बजे

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७