च्याङथापूमा कोरोना भाइरस परीक्षण सहायता कक्ष « Khabarhub

च्याङथापूमा कोरोना भाइरस परीक्षण सहायता कक्ष


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापूमा कोरानो भाइरस परीक्षण सहायता कक्ष स्थापना गरिएको छ ।

नेपाल र भारतको सिक्किम जोड्ने चिवाभञ्ज्याङ नाकाबाट ओहोरदोहोर गर्ने यात्रुलाई लक्षित गरी आजबाट सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाको व्यवस्थापनमा उक्त सहायता कक्ष स्थापना गरिएको हो । चिवाभञ्ज्याङ नाकाको प्रयोग गरी पारिवारिक भेटघाट, पशुपक्षी तथा सामान ओसारपसार हुने गरेको छ ।

च्याङथापू हुँदै पैदल यात्रु नाकामा आवतजावत गर्ने भएकाले उक्त स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रविन खत्रीले जानकारी दिए ।

उक्त नाकाबाट ओहोरदोहोर गर्ने यात्रुमा उक्त रोगको सङ्क्रमणबारे सचेतना फैलाउने, उक्त रोगसँग मिल्ने लक्षण देखिने बिरामी भेटिए विशेष निगरानी गरी परीक्षण र उपचारमा पठाउन मद्दत गर्ने उद्देश्यले उक्त सहायता कक्ष स्थापना गरिएको हो ।

भारतमा कोरोनाभाइरस (कोभिड–१९) का बिरामीको सङ्ख्यामा बढ्न थालेका कारण सो नाकाबाट ओहोरदोहोर गर्ने यात्रुलाई विशेष निगरानी गर्न उक्त सहायता कक्ष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए ।

सहायता कक्षले अत्यावश्यक काम बाहेक कोभिड–१९को प्रकोप रहेसम्म भारतको भ्रमण नगर्न यात्रुलाई सचेत गराउने, सीमा क्षेत्रमा कोभिड–१९को प्रकोप तथा सचेतनाका उपायबारे सचेतना फैलाउने र कोभिड–१९सँग लक्षण मिल्ने बिरामी भेटिए तत्काल विशेष निगरानी गरी माथिल्ला निकायमा जानकारी गराउने अध्यक्ष घिमिरेले जानकारी दिए ।

सहायता कक्षबाट स्थानीयवासीका लागि दैनिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । सहायता कक्षमा बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म स्वास्थ्यकर्मी रहनेछन् । स्वास्थ्यकर्मी यहाँको च्याङथापू स्वास्थ्य चौकी र फलैँचास्थित सामुदायिक स्वास्थ्य एकाइबाट खटाइएको प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले जानकारी दिए ।

नेपालीभाषी बाहुल्य भारतको सिक्किम राज्य तथा पश्चिम बङ्गालको पहाडी क्षेत्रसँग पाँचथर र ताप्लेजुङका स्थानीयको पारिवारिक सम्बन्ध, पशुपक्षी खरिद बिक्री, खाद्यान्न लगायत सामान खरिद विक्री हुने गरेको छ । पछिल्ला दिनमा पारिवारिक भेटघाटका लागि दैनिकजसो नेपाली सिक्किम जाने गरेका छन् भने सिक्किम र दार्जिलिङवासी नेपाल आउने गरेका सीमा प्रहरी चौकी च्याङथापूका प्रमुख प्रहरी नायब निरीक्षक बज्रबहादुर राईले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ८ : ३२ बजे

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११