बेलायतमा बस्ने गुरुङको कोरोनाको संक्रमणबाट मृत्यु | Khabarhub Khabarhub

बेलायतमा बस्ने गुरुङको कोरोनाको संक्रमणबाट मृत्यु


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरस (कोभिड १९) को संक्रमणले बेलायतको रेडिङ्खमा बस्दै आएका ६५ वर्षीय लक्षिणबहादुर गुरुङको सोमबार बिहान निधन भएको छ ।

रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

अस्पताल भर्ना भएपछि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । पछिल्लो १ साता उनलाई भेनिलेटरमा राखेर उपचार गरिएको थियो ।

नियमित रुपमा शारीरिक व्यायाम गर्ने गुरुङलाई अन्य रोग नरहेको बताइएको छ । कास्की जिल्लाको घान्द्रुक घर भएका गुरुङका श्रीमती र दुई छोरीहरु बेलायतमा नै बस्दै आएका थिए ।

‘सिक्स जीआर डब्लुओ टू’ का रिटाएर्ड गोर्खा गुरुङ केहि वर्ष पहिला घान्द्रुक समाज रेडिङ्कका अध्यक्ष थिए ।

अहिलेसम्म बेलायतमा कोरोनाकै संक्रमणबाट ६ जना पूर्व गोर्खा सैनिकको ज्यान गइसकेको छ । बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या भने ९ जना पुगेको छ भने बेलायतमा मात्र १० हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : ०९ बजे

राजनीतिक र शासकीय दृष्टिमा सरकार सफल : मुख्यमन्त्री शाह

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकार गठनको

वैदेशिक रोजगारको दुष्चक्र तोड्न ढिला भइसक्यो : श्रममन्त्री भण्डारी 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारबाट

कुलिङ पिरियडमा सात देशको उदाहरण दिँदै छानबिन समितिले भन्यो – उच्चपदस्थले गडबड गर्न सक्छन्‌

काठमाडौँ – सङ्घीय निजामती सेवा विधेयकमा भएको छेडखानीबारे गठित संसदीय

भरतपुर महानगरको दुई ठाउँबाट दमकल सेवा

चितवन– भरतपुर महानगरपालिकाले दुई स्थानबाट दमकल सेवा सञ्चालन गरेको छ

गोसाइँकुण्ड जाने यात्रुका लागि धुन्चे–खन्ती मार्ग मर्मत

रसुवा– गोसाइँकुण्ड जाने यात्रुका लागि धुन्चेदेखि खन्तीसम्मको पैदल मार्ग मर्मत