सन् २०२१ अघि अन्तर्राष्ट्रिय उडान नखोल्ने अष्ट्रेलियाको संकेत « Khabarhub

सन् २०२१ अघि अन्तर्राष्ट्रिय उडान नखोल्ने अष्ट्रेलियाको संकेत


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीका कारण अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको अष्ट्रेलियाले सन् २०२१ अघि प्रतिबन्ध नहटाउने संकेत गरेको छ ।

अष्ट्रेलियाका संघीय पर्यटनमन्त्री सिमोन बर्मिङघमले अन्तर्राष्ट्रिय ट्राभल एजेन्टहरुलाई सन् २०२० का कुनै पनि अन्तर्राष्ट्रिय विदाको प्याकेज बुकिङ नगर्न सुझाव दिएका छन् ।

एबीसी न्यूजलाई दिएको अन्तर्बार्तामा बर्मिङघमले भने,’ ‘तपाइँहरुले डिसेम्बरसम्म त्यस्ता यात्रा गर्न पाउनुहुनेछ भनेर म ग्यारेन्टी गर्न सक्दिन,’ उनले भने ‘यो यस्तो समय हो जतिबेला मानिसहरु अन्तर्राष्ट्रिय विदा मनाउन जान सकिरहेका छैनन् र यो अझै केही समयसम्मका लागि रहन्छ ।’

आन्तरिक उडान भने भने आउँदा महिनामा खुला हुन सक्ने उनले बताएका छन् । अष्ट्रेलियाले कोरोनाभाइरसको कारण अन्तर्राष्ट्रिय उडानमा कडा प्रतिबन्ध लगाएको छ ।

अत्यन्तै जरुरी बाहेक अन्तर्राष्ट्रिय यात्रा गर्न पाइँदैन र बाहिरबाट फर्कनेहरु अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । अष्ट्रेलियामा सोमबारसम्म कोरोना भाइरसका कारण ६१ जनाको मृत्यु भएको छ भने ६ हजार ३९४ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : ०४ बजे

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा