लकडाउन उल्लंघन गर्ने २० नेपाली मलेसियामा पक्राउ « Khabarhub

लकडाउन उल्लंघन गर्ने २० नेपाली मलेसियामा पक्राउ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क‍्वालालम्पुर- मलेसिया सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण गर्न लागु गरेको आगमन नियन्त्रण आदेश (एमसिओ) उल्लघंन गरेको आरोपमा २० जना नेपाली पक्राउ परेका छन ।

विभिन्न समयमा लकडाउन उल्लघन गर्ने उनीहरुलाई पक्राउ गरिएको हो । गत मार्च ३० तारिखमा मलेसियाको पेनाङस्थित चोंङ सडिएन बिएचडिमा कार्यरत ५ जना नेपाली पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरुमा सोम ठकुरी, महेन्द्र राइ, बिजय तामाङ, दिलकुमार चौधरी, पंकजकुमार रायलाई रुम बाहिर निस्नेको फेला पारेपछि पक्राउ गरेको उक्त कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले जानकारी दिएका छन । साथिहरु पक्राउ परेको बारेमा कम्पनीलाई जानकारी गरायसकेको उनीहरुको भनाइ छ ।

त्यस्तै गत मार्च ३१ तारिखमा एमडिआई एसएनडि बिएचडि जोहोरबाट याम बहादुर सिजालि, स्याम बहादुर सुर्याबन्सी, महेश कुमार उपाध्याय, राज कुमार तामाङ, कमाल चालिसे र अर्का थर नखुलेका दिलीपलगायत ६ जनालाई पक्राउ गरेको सोहि कम्पनीमा कार्यरत उनका सहकर्मी नेपालीहरुले जानकारी दिएका छन् ।

यस्तै अप्रिल १ तारिखमा मलेसियाको मलका मजिस्थानास्थित मिनायक टेक्नोलोजी कम्पनीबाट नेपाली श्रमिकहरु मिङमार डोल्मा तामाङ , मान बहादुर गोम्बा तामाङ , भक्त बहादुर तामाङ , राकेश बालामी पक्राउ परेका छन । साथै एसएलसी टेक्नोलोजी कम्पनी सेलाङ्गोरबाट अप्रिल १ मा सन्जिव साहानि लगायत ४ जनालाई पक्राउ गरेको उनका दाइले जानकारी दिए ।

मलेसिया सरकारले कोरोना रोकथामको लागि गत मार्च १८ आगामी अप्रिल २८ सम्म आगमन नियन्त्रण आदेश (मुभमेन्ट कन्ट्रोल अडर) लागु गरेको छ । यो अवधिमा अत्यावश्यक काम बाहेक बाहिर हिडडुल गरेमा मलेसियन प्रहिले पक्राउ गरि कारबाही प्रक्रिया बढाउन सक्नेछ ।

एमसिओ उल्लघंन गरेको ठरहेमा एक हजार रिङगेट जरिवानादेखि छ महिना जेल सजाय पनि हुन सक्ने व्यवस्था गरेको मलेसियन सरकारले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : २२ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी