भारतमा मे ३ सम्मका लागि बढाइयो लकडाउन « Khabarhub

भारतमा मे ३ सम्मका लागि बढाइयो लकडाउन


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी मे महिनाको ३ तारिख सम्म वैशाख २१ गते सम्मका लागि लकडाउन बढाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै कोरोनाविरुद्धको लडाइँमा जीत हासिल गर्न लकडाउनको अवधि बढाइएको बताए ।

सबै राज्य सरकार र जनताको सुझावअनुसार ३ मे सम्मका लागि लकडाउन बढाउने निर्णय गरिएको प्रधानमन्त्री मोदीले बताए ।

‘लकडाउनबाट देशलाई धेरै फाइदा मिलेको छ । मात्र आर्थिक कोषबाट हेर्दा यो धेरै महङ्गो बनेको छ,’ मोदीले भने, ‘भारतबासीको जिन्दगीको अगाडि यसको कुनै तुलना हुन सक्दैन ।’

भारतले देशमा करिब ५०० को हाराहारीमा कोरोना संक्रमित भेटिएपछि २५ मार्चदेखि लागू हुनेगरी २१ दिनका लागि लकडाउन घोषणा गरेको थियो ।

हाल भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ४५३ पुगेको छ । यस्तै करिब ३ सय ५८ को हाराहारीमा कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार १९३ जना उपचारपछि निको भएका छन् ।

प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको लडाइँमा भारतले सही मार्ग अंगालेका कारण अझै पनि यसको फैलावट तीव्र हुन नसकेको बताए । ‘सीमित संशाधनको उपलब्धतताका बीच भारत जुन मार्गमा अगाडि बढेको छ, त्यसको चर्चा विश्वभर भइरहेको छ । जुन स्वभाविक हो,’ मोदीले भने ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : ३३ बजे

महाशिवरात्रिको तयारीस्वरूप पशुपति क्षेत्रमा सफाइ

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दु

निर्वाचनका लागि सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा

क्यान्सर उपचारमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले

सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था गम्भीर संकटमा

गाजा– गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीहरूमाथि दुर्व्यवहार भएको

झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

सुरुङ्गा– हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई