भारतमा मे ३ सम्मका लागि बढाइयो लकडाउन | Khabarhub Khabarhub

भारतमा मे ३ सम्मका लागि बढाइयो लकडाउन


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी मे महिनाको ३ तारिख सम्म वैशाख २१ गते सम्मका लागि लकडाउन बढाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै कोरोनाविरुद्धको लडाइँमा जीत हासिल गर्न लकडाउनको अवधि बढाइएको बताए ।

सबै राज्य सरकार र जनताको सुझावअनुसार ३ मे सम्मका लागि लकडाउन बढाउने निर्णय गरिएको प्रधानमन्त्री मोदीले बताए ।

‘लकडाउनबाट देशलाई धेरै फाइदा मिलेको छ । मात्र आर्थिक कोषबाट हेर्दा यो धेरै महङ्गो बनेको छ,’ मोदीले भने, ‘भारतबासीको जिन्दगीको अगाडि यसको कुनै तुलना हुन सक्दैन ।’

भारतले देशमा करिब ५०० को हाराहारीमा कोरोना संक्रमित भेटिएपछि २५ मार्चदेखि लागू हुनेगरी २१ दिनका लागि लकडाउन घोषणा गरेको थियो ।

हाल भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ४५३ पुगेको छ । यस्तै करिब ३ सय ५८ को हाराहारीमा कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार १९३ जना उपचारपछि निको भएका छन् ।

प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको लडाइँमा भारतले सही मार्ग अंगालेका कारण अझै पनि यसको फैलावट तीव्र हुन नसकेको बताए । ‘सीमित संशाधनको उपलब्धतताका बीच भारत जुन मार्गमा अगाडि बढेको छ, त्यसको चर्चा विश्वभर भइरहेको छ । जुन स्वभाविक हो,’ मोदीले भने ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : ३३ बजे

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

जेनजी आन्दोलनका अमर प्रहरी राय : श्रीमतीलाई भनेका थिए– ‘सटरभित्र सुरक्षित छु, तनाव नलेउ’

काठमाडौं– जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते ।

परम्परागत बाटो मासिँदै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै (फोटोफिचर)

काठमाडौं– नेपाल र भारतबीच रहेको खुला सिमाना केवल दुई देशका

म्याग्दीको अन्नपूर्णमा टोल टोलमा स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण

क्रोएसिया फिफा विश्वकप–२०२६ मा छनोट

काठमाडौं– फिफा विश्वकप–२०२६ का लागि क्रोएसिया छनोट भएको छ ।