बैंगलोर आउँदा मसँग ३०० रुपैयाँ थियो: यश « Khabarhub

बैंगलोर आउँदा मसँग ३०० रुपैयाँ थियो: यश


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यशको पछिल्लो फिल्म केजीएफ च्याप्टर १ ले भारतमा मात्र होइन, विदेशबाट पनि राम्रो प्रतिक्रिया पायो । फिल्मले नेपालमा समेत ५१ औं दिन मनाएको थियो ।

यो कन्नड फिल्मले अभिनेता यशलाई थप परिचय दियो । उनको फिल्म केजीएफ च्याप्टर २ को दर्शकलाई प्रतीक्षा छ ।

केजीएफ सिरिजमा यशले रकी भाइको भूमिका निभाएका छन् । धेरैलाई थाहा नहुन सक्छ, उनको वास्तविक नाम नविन कुमार हो । डाइहार्ड फ्यानलाई पनि उनको वास्तविक नाम थाहा छैन ।

यशले कन्नड फिल्म जम्बदा हुदुगी बाट फिल्म उद्योगमा डेब्यु गरेका थिए । उनले दर्जनौं फिल्ममा अभिनय गरेका छन् ।

यशका बुबा बस ड्राइभरका रुपमा सरकारी जागीरे थिए । त्यसैले उनी चाहन्थे कि, छोरो पनि सरकारी जागीरे बनोस् ।

एक अन्तर्वार्ताका क्रममा यशले खुलाएका छन्, ‘म कलाकार हुने भन्दा मेरो परिवार खुशी थिएन, मलाई बुबाले सरकारी अफिसर देख्न चाहनुहुन्थ्यो, म चाहिँ बच्चैदेखि कलाकार बन चाहन्थें, नाटक र नृत्य प्रतियोगितामा भाग लिन्थें ।’

उनी आफ्नो सपना पूरा गर्न कर्नाटकको हसन जिल्लाबाट बैंगलोर गएका थिए । सानैदेखि हिरो हुने सपना बोकेर उनी बैंगलोर पुगेका थिए । ‘म मेरै सपनाको संसारमा रमाएँ, मलाई यस्तै लाग्यो, म त्यही सपनामै रमाइरहेको छु,’ उनले भनेका छन् ।

घरबाट बैंगलोर आउँदा आफूसँग जम्मा ३०० रुपैयाँ भएको उनले बताएका छन् । ‘मसँग जम्मा ३ सय रुपैयाँ थियो, जतिबेला म बैंगलोर आएको थिएँ,’ उनी भन्छन् ।

त्यतिबेला उनी घर फर्केर जान किन चाहेनन् भने यदि उनी पुनः घर जान्थे भने परिवारले फेरि बैंगलोर फर्कन दिँदैनथे ।

एक दर्जन फिल्ममा अभिनय गरिसक्दा यशले नाम र दाम दुवै कमाएका छन् । पछिल्लो समय उनको क्रेज थप बढ्दो छ । दर्शकले यसै वर्षको अक्टोबरमा रिलिज हुने उनको फिल्म ‘केजीएफ च्याप्टर २’ को प्रतीक्षा गरिरहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १२ : २८ बजे

जन्तीसहित नागा बाबा पशुपति मन्दिर प्रवेश (तस्बिरहरू) 

काठमाडौं– महाशिवरात्रि नजिकिँदै जाँदा छिमेकी मुलुक भारतसहित नेपालका विभिन्न स्थानबाट

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं– नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६

७ महिनामा सरकारको आम्दानीभन्दा खर्च सबा खर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष (आव) ०८२-८३ को ७ महिनामा सरकारको

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

काठमाडौं– विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहसिक, अनुशासित एवं

प्रधानमन्त्री कार्की ताप्लेजुङमा

ताप्लेजुङ– प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी