बैंगलोर आउँदा मसँग ३०० रुपैयाँ थियो: यश « Khabarhub

बैंगलोर आउँदा मसँग ३०० रुपैयाँ थियो: यश


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यशको पछिल्लो फिल्म केजीएफ च्याप्टर १ ले भारतमा मात्र होइन, विदेशबाट पनि राम्रो प्रतिक्रिया पायो । फिल्मले नेपालमा समेत ५१ औं दिन मनाएको थियो ।

यो कन्नड फिल्मले अभिनेता यशलाई थप परिचय दियो । उनको फिल्म केजीएफ च्याप्टर २ को दर्शकलाई प्रतीक्षा छ ।

केजीएफ सिरिजमा यशले रकी भाइको भूमिका निभाएका छन् । धेरैलाई थाहा नहुन सक्छ, उनको वास्तविक नाम नविन कुमार हो । डाइहार्ड फ्यानलाई पनि उनको वास्तविक नाम थाहा छैन ।

यशले कन्नड फिल्म जम्बदा हुदुगी बाट फिल्म उद्योगमा डेब्यु गरेका थिए । उनले दर्जनौं फिल्ममा अभिनय गरेका छन् ।

यशका बुबा बस ड्राइभरका रुपमा सरकारी जागीरे थिए । त्यसैले उनी चाहन्थे कि, छोरो पनि सरकारी जागीरे बनोस् ।

एक अन्तर्वार्ताका क्रममा यशले खुलाएका छन्, ‘म कलाकार हुने भन्दा मेरो परिवार खुशी थिएन, मलाई बुबाले सरकारी अफिसर देख्न चाहनुहुन्थ्यो, म चाहिँ बच्चैदेखि कलाकार बन चाहन्थें, नाटक र नृत्य प्रतियोगितामा भाग लिन्थें ।’

उनी आफ्नो सपना पूरा गर्न कर्नाटकको हसन जिल्लाबाट बैंगलोर गएका थिए । सानैदेखि हिरो हुने सपना बोकेर उनी बैंगलोर पुगेका थिए । ‘म मेरै सपनाको संसारमा रमाएँ, मलाई यस्तै लाग्यो, म त्यही सपनामै रमाइरहेको छु,’ उनले भनेका छन् ।

घरबाट बैंगलोर आउँदा आफूसँग जम्मा ३०० रुपैयाँ भएको उनले बताएका छन् । ‘मसँग जम्मा ३ सय रुपैयाँ थियो, जतिबेला म बैंगलोर आएको थिएँ,’ उनी भन्छन् ।

त्यतिबेला उनी घर फर्केर जान किन चाहेनन् भने यदि उनी पुनः घर जान्थे भने परिवारले फेरि बैंगलोर फर्कन दिँदैनथे ।

एक दर्जन फिल्ममा अभिनय गरिसक्दा यशले नाम र दाम दुवै कमाएका छन् । पछिल्लो समय उनको क्रेज थप बढ्दो छ । दर्शकले यसै वर्षको अक्टोबरमा रिलिज हुने उनको फिल्म ‘केजीएफ च्याप्टर २’ को प्रतीक्षा गरिरहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १२ : २८ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने