संक्रमित बढेसँगै कैलालीमा कोरोनाको त्रास बढ्यो– विदेशबाट आएकाको खोजीमा स्थानीय तह « Khabarhub

संक्रमित बढेसँगै कैलालीमा कोरोनाको त्रास बढ्यो– विदेशबाट आएकाको खोजीमा स्थानीय तह


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लम्की– कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको खोजी गर्न स्थानीय सरकारले विदेशबाट आएका नागरिकको खोजी अभियान थालेका छन् । कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्यांक सकलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले मंगलबारदेखि अभियान शुरु गरेको छ ।

लम्की चुहाले ४८४ र जानकीले २३७ जना विदेशबाट आएको पत्ता लगाएका छन् । यसरी पत्ता लगाएका व्यक्तिको सोमबारदेखि र्‍यापिड टेष्ट शुरु गरिएको लम्कीचुहाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी गराए । ‘अझै लुकेको हुन सक्ने सम्भावना भएकाले जनप्रतिनिधिहरु खोज्ने अभियानमै हुनुहुन्छ,’ बिसीले भने, ‘लम्कीका दुई नागरिकमा कोभिड –१९ संक्रमण देखिएपछि झन् त्रास बढेको छ । हामीले सम्पर्कमा नआएका नागरिक पनि खोज्न थालेका हौं ।’

यता कैलालीको धनगढीपछि ठूलो जनसंख्या भएको नगरपालिका टीकापुरमा पनि मंगलबारदेखि अभियान शुरु भएको स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिए । रावलका अनुसार टोली बनाएर स्वास्थ्यकर्मी र स्वयंसेविका गरी २५४ जना परिचालन गरिएको छ ।

परिचालित स्वास्थ्यकर्मी र स्वयंसेविकाले विदेशबाट आएका व्यक्तिको तथ्यांक संकलन गर्ने, साबुनपानीले हात धुन सिकाउने र साबुन वितरण गर्ने जनाइएको छ । यसबाहेक विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेण्टाइनमा बस्न अनुरोध गर्ने तथा कोभिड– १९ का लक्षण तथा बच्ने उपायबारे जानकारी गराउनेछन् । तीन दिनभित्र तथ्यांक संकलन गर्ने रणनीतिअनुसार काम शुरु गरिएको स्वास्थ्य शाखा संयोजक रावलले बताए ।

‘तीन सय ३० जना विदेशबाट आएकाहरुको तथ्यांक टीकापुर नगरपालिकासँग छ । यसको दोब्बर संख्या हुन सक्ने अनुमान हाम्रो छ ‘, रावलले भने,’तथ्यांक संकलनपछि र्‍यापिड टेष्ट गरिने छ ।’ नगरपालिकामा ६० जनाको र्‍यापिड टेष्ट र ३७ जनाको स्वाब परीक्षण भइसकेको छ ।

कैलालीमा त्रास

सोमबार कैलालीको लम्कीमा थप एक जनामा कोरोनाको नयाँ संक्रमण फेला परेपछि यहाँका नागरिक त्रस्त छन् । लम्कीमा संक्रमण देखिएकी ६५ वर्षीया १७ जनाको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा केही दिनअघि लम्की पुगेकी थिइन् । लम्की चुहा नगरपालिकास्थित लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो ।

उनीहरु नेपाल र भारतको वीरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भएको बताइन्छ । तीमध्ये केही लम्कीको भुरुवा निवासी हुन् भने केही त्यहाँ घर नभएका रहेको पनि बताइन्छ । सोमबार कोरोना संक्रमण पुष्टि भएकी महिला वीरगञ्ज नाका नजीक चिया बेच्ने काममा संलग्न रहेको बताइन्छ ।

क्वारेन्टाइनमा बसेकै बेला त्यहाँ रहेका सबैको र्‍यापिड टेष्ट गरिएको नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा रहेका सबैको र्‍यापिड टेष्ट नेगेटिभ आए पनि स्वाबको पिसिआर टेष्टका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको नमूना पोजेटिभ आएपछि संक्रमित महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट नेगेटिभ आएपछि नयाँ वर्ष मनाउन घर जान पाउनुपर्ने माग गर्न थालेकाले उनीहरुलाई पिसिआरको रिपोर्ट नआउँदै गत चैत २९ गते घर पठाइएको नगरपालिकाले जनाएको छ ।

ती महिलाको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा जगदीश जोशीले बताए । संक्रमितसँग क्वारेन्टाइनबाट घर पठाइएका बाँकी १६ जनालाई समेत सोमबार फेरि क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ ।

संक्रमितको लम्कीमा घर नभएको र आफन्तका घरमा गएको बुझिएको छ । संक्रमित क्वारेन्टाइनबाट फर्किएपछि उहांँ बसेका आफन्तको घर र अरु सम्पर्क भएकाहरुको पहिचान भइरहेको छ । उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिने वडाध्यक्ष जनक बमले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १२ : ५९ बजे

विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी