डोटीका ३३० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ « Khabarhub

डोटीका ३३० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल– डोटी जिल्लाका ९ वटा स्थानीयतहका १२ वटा क्वारेन्टाइनमा रहेका ३३० जनामा गरिएको कोभिड–१९ को परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गत चैत्र २६ गते सरकारले जिल्लाका ६ स्थानबाट क्वारेन्टाइनमा बसेका ३०५ र अन्य २५ गरी जम्मा ३३० जनाको स्वाव सङ्कलन गरेर लगेका मध्ये सबैको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टले जानकारी दिए । उनले भने, ‘क्वारेन्टाइनमा सबेकाहरु सबैको स्वाव रिपोर्ट नेगेटिभ आएको छ, रिपोर्ट नेगेटिभ भएपनि सबैले सावधानी चै अपनाउनु पर्ने देखिन्छ ।’

उनका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नं ४ राजपुरबाट ५० जना, शिखर नगरपालिका बन्लेकबाट २४ जना, धुर्कोटबाट ५० जना, बडीकेदार गाउँपालिका वडा नं विपीनगरबाट ४५ जना, आदर्श गाउँपालिका मौवानगरदहबाट ७५ जना र बोगटान फुड्सिल गाउँपालिका चवाराचौताराबाट ७६ जनाको स्वाव सङकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौं पठाइएको थियो । स्वाव सङ्कलनपछि परीक्षण गर्दा सबै जनाको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रिजल्ट नेगेटिभ आएपछि जिल्लाका नौ वटै स्थानीयतहका क्वारेन्टाइनमा रहेका ३३० जनालाई आजै घर पठाइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

उनले भने, ‘क्वारेन्टाइनमा बसेकाको स्वाव परीक्षणपछि नतिजा नेगेटिभ आएको छ,घरैमा सुरक्षित बस्ने सर्त सहित उहाँलाइ विदाइ गरिएको छ ।’ कैलालीको लम्की चुहा नगरपालिका एक की एक महिलामा कोभिड १९ सङक्रमण पुष्टि भएको छ । ६० वर्षीया निज महिलामा कोरोना सङक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी रहेको छ । वीरगञ्जबाट गएको चैत ९ गते घर आएकी उनी १२ देखि २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टाइनमा बसेकी थिइन् । १७ दिन क्वरेण्टाइनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो ।

तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी कैलालीकी ६० वर्षीया महिलामा कोरोना भाइरसको सङक्रमण भएको पुष्टि भएको हो । सुदूरपश्चिममा कोभिड–१९ को सङक्रमणका बिरामीको सङख्या ५ जना पुगेको छ ।

यसअधि कैलाली र कञ्चनपुरमा भारतबाट आएका दुइजना, एकजना तेस्रो मुलुकबाट आएका र निज तेस्रो मुलकबाट आएका व्यक्तिबाट भाउजुमा कोरोना सरेका कारण चार जनामा कोभिड–१९ को सङक्रमण भएको पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएकाहरुको कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको र सबैको अवस्था सुधारोन्मुख रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणका बिरामी थपिदै जानथालेपछि सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको संकेत देखिदै आएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले बताए । उनले भने, ‘सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको छ, सबैले सावधानि अपनाउनु पर्ने बेला आएको छ ।’

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ४ : ३८ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि