लकडाउनले नेपालमा अड्किएका भारतीयहरु भन्छन् : पैसा सकियो, भोकै पर्न थाल्यौँ « Khabarhub

लकडाउनले नेपालमा अड्किएका भारतीयहरु भन्छन् : पैसा सकियो, भोकै पर्न थाल्यौँ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– भारतको हैदराबादका सैयत खासीमको परिवार विगत २५ दिनदेखि बाँकेको कोहलपुरमा त्रिपालमा बसिरहेको छ । विगत १० वर्षदेखि नेपालमा विभिन्न समयमा भाडा बनाउने काम गर्दै आएका उनको परिवार अहिले लकडाउनको मारमा परेको छ ।

खासीमको तीन जनाको परिवार छ । उनीसँगै आएका अब्दुल रहमानको परिवार पनि कोहलपुरमै बसिहेको छ । उनको परिवार पनि २५ दिन अघि दाङबाट आएको हो । उनीहरुसँगै सात जनाको परिवार विगत तीन सातादेखि त्रिपालको बास बसिरहेका छन् ।

उनीहरु नेपालको विभिन्न स्थानबाट आफ्नो देश भारत जनाका लागि चैत पहिलो साता कोहलपुर आएका थिए । तर कोरोना भाइरस सङ्क्रमण हुन नदिन जारी गरिएको लकडाउनका कारण उनीहरु आफ्नो देश फर्कन पाएनन् । पच्चीसमध्ये १६ जनाले आफ्नो मुलुक फर्कन रेलको टिकटसमेत काटिसकेका थिए तर लकडाउनका कारण त्यो रद्द भयो ।

नेपालको सिमवर्ती भारतीय नाका रुपैडियाबाट हैदराबाद पुग्न रेलमार्गमार्फत पाँच दिन लाग्ने गर्छ । ‘हामी आफ्नो देश जान आएका थियौं, लकडाउनका कारण यही रोकियो । अलि अलि कमाएको पैसा पनि सकियो, अहिले हामी गम्भीर पीडित भएका छौं,’ अब्दुर रहमानले भने, ‘भएको रुपैयाँ खाएरै सकियो, अब कसरी बाँच्नु ? यो चिन्ता रर पीडाले हामी ग्रस्त छौं ।’ अझै लकडाउन लम्बिएको खण्डमा आफूहरुलाई निकै समस्या हुने उनले बताए ।

आफूजस्तै धेरै जनाको परिवार भोकभाकै बस्नु पर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । ‘कोरोनाले न आफ्नो घर जान पाइयो, न यहाँको सरकारले हामीलाई सहयोग गरेको छ, अहिले हामी समस्या र पीडाले छटपटाइ रहेका छौं,’ अर्का भारतीय नागरिक मोहम्मद अलिले भने, ‘स—साना बालबालिकाहरुको भोकप्यास मेटाउन समस्या परेको छ ।’ राहतका लागि वडा पालिकामा नाम लेखाएको भए पनि एक साता हुँदासमेत राहत नपाएको उनको गुनासो छ । ‘नजिकै बसेको दाईले वडाले राहत दिन्छ भनेर नाम लेखाउनुभयो, खै राहत अझै आएको छैन,’ हुसेन अलिले भने, ‘यहाँको सरकारले राहत दिन्छ भन्थे अझै दिएका छैनन् । कमाएको पैसा पनि सकियो । अहिले निकै समस्या भएको छ ।’

राहतका लागि आफूहरु दुई/दुई पटक वडा कार्यालयमा गए पनि नागरिकता मागेपछि राहत नपाएको उनको गुनासो छ । उनले भने, ‘हामी त भाँडाकुडा बनाएर खाने मान्छे, सबै कागजात उतै छ, के गर्ने हामी त भोकभोकै त्रिपालको बास बसेको छु । लकडाउन छ, कसरी ल्याउने नागरिकता ? हामीलाई राहत उपलब्ध गराइदिए हुन्थ्यो ।’ उनले आफू केही वर्षदेखि दाङमा भाडामा बस्दै आएको बताए ।

आफ्नो मुलुक भारततर्फ जान आएको बेला उनीजस्तै २५ जनाको टोली यहीँ लकडाउनको मारमा परेको छ । ‘अहिलेसम्म आफ्नो कमाईले गुजारा चलाएका थियौं, लकडाउन लम्बिँदै जाँदा पैसा सकियो । अहिले हातमुख जोर्न धौ–धौ परेको छ,’ उनीहरुले दुखेसो पोखे । उनीहरुको बिचल्ली देखेपछि यहाँका केही व्यक्तिले खानेकुरा सहयोग गर्न थालेका छन् । उनीहरु सबै मुस्लिम समुदायका हुन् । यतिबेला उनीहरुको मुख्य पर्वको समय भए पनि त्रिपालमुनि भोकभोकै बस्नुपरेको उनीहरुको गुनासो छ ।

कोहलपुर नगरपालिका–११ का वडाध्यक्ष कर्णबहादुर थापाले राहत वितरणका लागि उनीहरुको पनि नामावली सङ्कलन गरिएको र नगरपालिकाले दोस्रो चरणमा उनीहरुलाई राहत वितरण गर्ने बताए । उनले दोस्रो चरणमा राहत वितरणका लागि १५ सयभन्दा बढी नागरिकको नामावली सङ्कलन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ५ : ०३ बजे

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर