अछामका २ सय २६ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ « Khabarhub

अछामका २ सय २६ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम –अछाममा कोरोना भाइरस परीक्षणका लागि संकलन गरिएको २ सय २६ जनाकै रिर्पोट नेगेटिभ आएको छ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत अछाममा दुई दिन लगाएर स्वाब संकलन गरिएको थियो ।

संकलन गरिएको सबै रिपोर्ट नेगेटिभ आएको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए । अछामको बयालपाटा अस्पतालबाट ५१ जना,मंगलसेन नगरपालिकाबाट १ सय ७ जना र कमल बजारबाट ६८ जनाको स्वाब संकलन गरिएको थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणबाट २ सय २६ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

सुदूरपश्चिममा पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै त्यहाँका स्थानीयको कोरोना भाइरसको परीक्षणमा तीव्रता दिइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ६ : ०९ बजे

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर