ट्वीटरद्वारा चिनियाँ दूतावासको अकाउण्ट ‘सस्पेन्ड’ « Khabarhub

ट्वीटरद्वारा चिनियाँ दूतावासको अकाउण्ट ‘सस्पेन्ड’


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका- श्रीलंकास्थित चिनियाँ दूतावासको औपचारिक ट्वीटर अकाण्ट @ChinaEmbSL ‘सस्पेन्ड’ गरिएको छ ।

ट्वीटर सञ्चालनको नियमहरु उल्लंघन गरेकोले अकाउण्ट बन्द गरिएको ट्वीटरले जनाएको छ । यद्यपि खास के कारणले अकाउण्ट बन्द गरिएको हो भन्नेबारे बताइएको छैन् ।

तर केही दिनदेखी चीनीयाँ दूतावासको ट्वीटर ह्याण्टलबाट केही प्रयोगकर्तामाथि वाक युद्ध छेडिएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

चीनमाथि कोरोनाभाईरस फैलाएको आरोप लगाउने ट्वीटर प्रयोगकर्तामाथि दूतावासको ह्याण्डलबाट शाब्दिक आक्रमण हुनथालेको बुझिएकोे छ । दूतावासद्वारा गैर–कुटनीतिक शब्दको पनि प्रयोग गरिएको आरोप लगाइएको छ ।

दूतावासका प्रवक्ताले भने अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्ने ट्वीटरले आफ्नो अकाउण्ट बन्द गरेको भन्दै ट्वीटरमाथि दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

गत हप्ता दूतावासले श्रीलंकाको एक मुख्य पत्रिकाले कोरोनाबारे छापिएको एक आलेखलाई लिएर दुई पत्रकारविरुद्ध व्यक्तिगत रुपमा सार्वजनीक टिप्पणी गरेको थियो ।

विभिन्न देशमा रहेका चीनिँया दूतावासहरु यसरी सञ्चार माध्यममाथि खनिएको भने यो पहिलो पटक होइन् । यसअघि अष्ट्रेलियास्थित चिनियाँ दूतावासले त्यहाँको मूख्य पत्रिका द डेली टेलिग्रामलाई पनि सार्वजनीक धम्की दिएको थियो भने नेपालस्थित चीनिँया दूतावासले पनि द काठमाडौं पोष्टका पूर्वसम्पादक अनुप काफ्लेमाथि कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ७ : २० बजे

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

भोजपुर– सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी