७६ घरपरिवारलाई इलामेली समाज दक्षिण कोरियाको राहत सहयोग « Khabarhub

७६ घरपरिवारलाई इलामेली समाज दक्षिण कोरियाको राहत सहयोग


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- लकडाउनले रोजगारी गुमाएका विपन्न एवं गरीब परिवारलाई इलामेली समाज दक्षिण कोरियाले राहत वितरण गरेको छ ।

समाजले इलाममा ७६ घरपरिवारलाई राहत वितरण गरेको हो । समाजले इलाम नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई १९ सय केजी चामलसहित दैनिक उपभोग्य बस्तु वितरण गरेको समाजका अध्यक्ष केदार निरौलाले जानकारी दिए ।

७६ घरपरिवारलाई प्रति परिवार जिरा मंसुली चामल २५ केजी, नुन १ केजी र १ लिटर खाने तेल उपलब्ध गराएको इलामेली समाज दक्षिण कोरियाका प्रथम अध्यक्ष हरि खनालले बताए । यसभन्दा पहिले राहात नपाएकालाई जिल्ला प्रशासन, नगरपालिका, स्थानीय जनप्रतिनिधिलगायतको समन्वयमा राहात वितरण गरिएको खनालले बताए ।

राहात वितरणमा समाजसेवी सुरेन्द्र राई, दिनेश काफ्ले, राजेन्द्र बराल, संदिपा खनाल, लीला खतिवडालगायतले स्वयसेवी भूमिका खेलेका थिए ।

नगरपालिकाका ४ वडाका विपन्न नागरिकहरुलाई करिब १ लाख २० हजार रुपैंया बराबरको राहात बाँडिएको र आगामी दिनमा सुर्योदय नगरपालिकामा वितरण गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष निरौलाले बताए ।

कोरोनाको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि रोजगारीका क्रममा कोरियामा रहेका समाजका सचिव उपेन्द्र निरौला, कोषाध्यक्ष सुदिप फागो वरिष्ठ उपाध्यक्ष पवित्रा थेवे सदस्य कुवेर न्यौपानेलगायतको सक्रियतामा आर्थिक संकलन गरिएको थियो ।

सन् २०१४ मा दक्षिण कोरियामा स्थापना भएको इलामेली समाजले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । समाजले प्राकृतिक प्रकोपमा परेकालाई राहत तथा गम्भीर प्रकृतिका रोगीको उपचार गर्न आर्थिक सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : ३४ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा