७६ घरपरिवारलाई इलामेली समाज दक्षिण कोरियाको राहत सहयोग « Khabarhub

७६ घरपरिवारलाई इलामेली समाज दक्षिण कोरियाको राहत सहयोग


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- लकडाउनले रोजगारी गुमाएका विपन्न एवं गरीब परिवारलाई इलामेली समाज दक्षिण कोरियाले राहत वितरण गरेको छ ।

समाजले इलाममा ७६ घरपरिवारलाई राहत वितरण गरेको हो । समाजले इलाम नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई १९ सय केजी चामलसहित दैनिक उपभोग्य बस्तु वितरण गरेको समाजका अध्यक्ष केदार निरौलाले जानकारी दिए ।

७६ घरपरिवारलाई प्रति परिवार जिरा मंसुली चामल २५ केजी, नुन १ केजी र १ लिटर खाने तेल उपलब्ध गराएको इलामेली समाज दक्षिण कोरियाका प्रथम अध्यक्ष हरि खनालले बताए । यसभन्दा पहिले राहात नपाएकालाई जिल्ला प्रशासन, नगरपालिका, स्थानीय जनप्रतिनिधिलगायतको समन्वयमा राहात वितरण गरिएको खनालले बताए ।

राहात वितरणमा समाजसेवी सुरेन्द्र राई, दिनेश काफ्ले, राजेन्द्र बराल, संदिपा खनाल, लीला खतिवडालगायतले स्वयसेवी भूमिका खेलेका थिए ।

नगरपालिकाका ४ वडाका विपन्न नागरिकहरुलाई करिब १ लाख २० हजार रुपैंया बराबरको राहात बाँडिएको र आगामी दिनमा सुर्योदय नगरपालिकामा वितरण गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष निरौलाले बताए ।

कोरोनाको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि रोजगारीका क्रममा कोरियामा रहेका समाजका सचिव उपेन्द्र निरौला, कोषाध्यक्ष सुदिप फागो वरिष्ठ उपाध्यक्ष पवित्रा थेवे सदस्य कुवेर न्यौपानेलगायतको सक्रियतामा आर्थिक संकलन गरिएको थियो ।

सन् २०१४ मा दक्षिण कोरियामा स्थापना भएको इलामेली समाजले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । समाजले प्राकृतिक प्रकोपमा परेकालाई राहत तथा गम्भीर प्रकृतिका रोगीको उपचार गर्न आर्थिक सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : ३४ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी