कोरोना संक्रमणको जोखिम बढेपछि गोरखा जिल्ला पाँच दिन सिल « Khabarhub

कोरोना संक्रमणको जोखिम बढेपछि गोरखा जिल्ला पाँच दिन सिल


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि गोरखा जिल्ला आजदेखि ५ दिनलाई सिल गरिएको छ ।

कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले पाँच दिन जिल्ला सिल गर्ने निर्णय गरेपछि आजदेखि गोरखा सिल गरिएको हो ।

समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए ।

बैठकले अन्य जिल्लाबाट हुने आवागमनलाई पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको छ।

त्यस्तै गोरखा जिल्लाभित्र यसअघि खाद्य पदार्थ बोकेका सवारी साधनलाई जिल्लाभित्र आवागमन गर्न दिइएकामा अबको पाँच दिन भने त्यसलाई पनि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ ।

बजारभित्र खाद्यान्न, तरकारी, पशुपक्षी, दाना, औषधि तथा माछामासुका पसलबाहेक अन्य पसल खुल्न नदिने निर्णय भएको रोकाले जानकारी दिए ।

‘अस्पतालबाट सिफारिस भएका बिरामी, घाइते, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, किरियापुत्री, मलामी, वडाध्यक्षदेखि माथिका जनप्रतिनिधि वा उनीहरुका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने निर्णय भएको छ’, उनले भने, ‘त्यसबाहेकका सबै सवारी साधन जिल्लाभित्र, बाहिरबाट आवतजावत पूर्णरूपमा ठप्प पार्ने निर्णय भएको छ ।’

त्यस्तै जिल्लाभित्र सञ्चालित बैंक, वित्तीय संस्था ती संस्थाद्वारा सञ्चालित काउन्टर र बीमा कम्पनी पनि बन्द गर्ने निर्णय बैठकले गरेको अधिकृत रोकाले बताए ।

बैठकले नागरिक तथा वित्तीय संस्थालाई इ–बैंकिङ सिस्टममार्फत काम गर्न प्रोत्साहन गर्ने निर्णय पनि गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ७ : ५९ बजे

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प