२ जनामा कोरोना पुष्टि भएपछि भक्तपुरमा घरबाहिर निस्कन प्रतिबन्ध « Khabarhub

२ जनामा कोरोना पुष्टि भएपछि भक्तपुरमा घरबाहिर निस्कन प्रतिबन्ध


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा २ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको हो ।

बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नदिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

कोरोनाको भाइरसको संक्रमण समुदायस्तरमा पुग्न सक्ने भन्दै सतर्कता अपनाइएको उनले जानकारी दिइन् । यस्तै भक्तपुर प्रशासनले जारी गरेका यसअघिका सबै पास पनि रद्द गरिएको उनले जानकारी दिएकी छन् ।

 

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ०२ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६