२ जनामा कोरोना पुष्टि भएपछि भक्तपुरमा घरबाहिर निस्कन प्रतिबन्ध | Khabarhub Khabarhub

२ जनामा कोरोना पुष्टि भएपछि भक्तपुरमा घरबाहिर निस्कन प्रतिबन्ध


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा २ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको हो ।

बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नदिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

कोरोनाको भाइरसको संक्रमण समुदायस्तरमा पुग्न सक्ने भन्दै सतर्कता अपनाइएको उनले जानकारी दिइन् । यस्तै भक्तपुर प्रशासनले जारी गरेका यसअघिका सबै पास पनि रद्द गरिएको उनले जानकारी दिएकी छन् ।

 

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ०२ बजे

नीति तथा कार्यक्रममा महत्वाकांक्षी सरकारसामू कार्यान्वयन चुनौती

काठमाडौं – सरकारले आज संघीय संसद्‌को संयुक्त सदनमा आगामी आर्थिक

प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य !

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी