भारतीय क्वारेन्टाइनबाट भागेकाको स्वाब सङ्कलन | Khabarhub Khabarhub

भारतीय क्वारेन्टाइनबाट भागेकाको स्वाब सङ्कलन


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- सीमावर्ती भारतीय क्वारेन्टाइनबाट भागेर नेपाल आएका कोरोना सङ्क्रमित तीन जनालाई फेला पारी नेपालमा परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनबाट भागेर नेपाल आएका बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ बहाउपूर्वा गाउँका १९, २४ र ३५ वर्षीय युवाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भारतीय क्वारेन्टाइनबाट सङ्क्रमित युवा भागेर नेपाल प्रवेश गरेको जानकारी पाउनासाथ खटिएको स्वास्थ्यकर्मीको टोलीले स्थानीयवासी र जनप्रतिनिधिको सहयोग तथा समन्वयमा बुधबार स्वाब सङ्कलन गरेको हो ।

१५ दिनदेखि भारत, श्रावस्तीस्थित सिरसिया क्वारेन्टाइनमा रहँदै आएका उनीहरुको परीक्षणका क्रममा लखनउस्थित प्रयोगशालाले कोरोना भाइरस पुष्टि गरेको थियो । क्वारेन्टाइनबाट भागेर नेपाल प्रवेश गरेका उनीहरु गाउँमै लुकिछिपी बसेको नरैनापुर ३ का वडाध्यक्ष राजकुमार मौर्यले बताए ।

भारतको महाराष्ट्रमा रोजगारीका क्रममा रहेका तीन युवा घर फर्किनेक्रममा कोरोना सङ्क्रमणको आशङ्कामा १५ दिनदेखि भारत, सिरसिया क्वारेन्टाइनमा रहँदै आएकामा परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सोमबार फरार रहेको सूचनाका आधारमा खोजतलास गर्दा बुधबार भेटिएको वडाध्यक्ष मौर्यको भनाइ छ ।

अध्यक्ष मौर्यले भारतमा मजदूरी गर्न गएका नेपाली घर फर्किने क्रम बढेको बताए । बाँकेको दक्षिण पूर्वी ग्रामीण नाका हुँदै भारतबाट आएका तीन सय जनालाई बुधबारदेखि क्वारेन्टाइनमा राखिएको पनि उनले जानकारी दिए।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ३७ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका