विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा नेपाललाई १ स्वर्णसहित ४ पदक « Khabarhub

विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा नेपाललाई १ स्वर्णसहित ४ पदक


१ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेक्वान्दो खेलाडी कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाईन पुम्से च्याम्पियनको स्वर्ण पदक जितेका छन् ।

३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जित्दा सोहि विधामा नेपालका जितबहादुर बोटेले रजतपदक हात पारे भने कास्य पदक पनि नेपालले नै जितेको छ ।
३० वर्षमुनिको कास्य प्रेमबहादुर लिम्बूले दिलाएका हुन् ।

फ्रान्समा जारी च्याम्पियनसिपमा नेपालले एक स्वर्ण सहित २ रजत र एक कास्य जितेको हो ।

३० वर्ष मुनिकै महिलातर्फ नेपालकी पार्वती गुरुङले रजत पदक हात पारेकी हुन् । उक्त विधामा अमेरिकाकी खेलाडीले स्वर्ण पदक जित्दा बुल्गेरियन खेलाडीले कास्य पदक हात पारेकी हुन् ।

स्वर्ण विजेता कमलले ७.६७ अंकका साथ स्वर्ण पदक जितेका हुन् । जितबहादुरले ७.५४ र प्रेमले ७.५० अंक बटुलेका थिए ।

महिला ३० वर्ष मुनिको विधामा पार्वती गुरुङले ७.३ अंक बटुल्दै रजत पदक हात पारेकी हुन् ।

कोरोना भाइरसको महामारीकाबीच भएको यो प्रतियोगितामा सहभागी सबै खेलाडी १३ दक्षिण एसियाली खेलकुदमा पदक विजेता खेलाडी हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  १० : २५ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर