विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा नेपाललाई १ स्वर्णसहित ४ पदक « Khabarhub

विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा नेपाललाई १ स्वर्णसहित ४ पदक


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेक्वान्दो खेलाडी कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाईन पुम्से च्याम्पियनको स्वर्ण पदक जितेका छन् ।

३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जित्दा सोहि विधामा नेपालका जितबहादुर बोटेले रजतपदक हात पारे भने कास्य पदक पनि नेपालले नै जितेको छ ।
३० वर्षमुनिको कास्य प्रेमबहादुर लिम्बूले दिलाएका हुन् ।

फ्रान्समा जारी च्याम्पियनसिपमा नेपालले एक स्वर्ण सहित २ रजत र एक कास्य जितेको हो ।

३० वर्ष मुनिकै महिलातर्फ नेपालकी पार्वती गुरुङले रजत पदक हात पारेकी हुन् । उक्त विधामा अमेरिकाकी खेलाडीले स्वर्ण पदक जित्दा बुल्गेरियन खेलाडीले कास्य पदक हात पारेकी हुन् ।

स्वर्ण विजेता कमलले ७.६७ अंकका साथ स्वर्ण पदक जितेका हुन् । जितबहादुरले ७.५४ र प्रेमले ७.५० अंक बटुलेका थिए ।

महिला ३० वर्ष मुनिको विधामा पार्वती गुरुङले ७.३ अंक बटुल्दै रजत पदक हात पारेकी हुन् ।

कोरोना भाइरसको महामारीकाबीच भएको यो प्रतियोगितामा सहभागी सबै खेलाडी १३ दक्षिण एसियाली खेलकुदमा पदक विजेता खेलाडी हुन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १० : २५ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा