पौडेललाई उपसभामुख बनाउने प्रस्ताव जनमोर्चाद्वारा अस्वीकार « Khabarhub

पौडेललाई उपसभामुख बनाउने प्रस्ताव जनमोर्चाद्वारा अस्वीकार


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउन सत्तारुढ दलको प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सांसद पौडेललाई उपसभामुख बनाउन प्रस्ताव गरेको खुलासा गर्दै अध्यक्ष केसीले सो प्रस्ताव अस्वीकार गरेको बताएका हुन् ।

बिहीबार एक वक्तव्य प्रकासित गरी केसीले नेकपाले सांसद पौडेललाई उपसभामुख बनाउन प्रस्ताव गरेको तर, आफ्नो पार्टीले सो पद स्वीकार गर्न नसक्ने स्पष्ट पारेका हुन्।

‘उपसभामुखको पद स्वीकार गर्न नीतिगत रूपमा हामीलाई कुनै अप्ठेरो पर्ने कुरा थिएन। तर संसदमा हाम्रो पार्टीकोतर्फबाट एकजना मात्र प्रतिनिधि भएको हुनाले उहाँलाई प्रतिनिधिसभाको उपसभामुख बनाउँदा संसदमा हाम्रो राजनीतिक भूमिका नै समाप्त हुने भएकाले हामी अहिलेको विशिष्ट अवस्थामा त्यो पदलाई स्वीकार गर्न असमर्थ भएको कुराको जानकारी गराउन चाहन्छौँ’ वक्तव्यमा भनिएको छ।

हाल उपसभामुख पद खाली छ । सभामुख र उपसभामुख पद फरक फरक दलको हुनुपर्ने प्रावधान छ ।

 

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ११ : ३४ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग