जर्मन बुन्डेसलिगामा लिग लिडर बायर्न म्यनिख उपाधि नजिक « Khabarhub

जर्मन बुन्डेसलिगामा लिग लिडर बायर्न म्यनिख उपाधि नजिक


३२ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिख उपाधि नजिक पुगेको छ ।

शनिबार भएको खेलमा बोरुसिया मुन्छेनग्लाडबाखलाई २-१ गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि नजिक पुगेको हो ।

उसका लागि अब खेलको जीत मात्रै पनि उपाधिका लागि पर्याप्त हुनेछ ।

घरेलु मैदानमा बायर्नलाई जीत दिलाउन जोसुवा जिर्केजी र लियोन गोर्टेज्काले एक एक गोल गरे ।

मुन्छेनग्लाडबाखका लागि बायर्नकै बेन्जामिन पाभर्डले आत्मघाती गोल गरेका थिए ।

जीतसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँगको अंकदूरी ७ मा पुर्‍याएको छ । बायर्नले ३१ खेलबाट ७३ अंक जोडेको छ । डर्टमण्डको ६६ अंक रहेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ५ : ४१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको