आँपको मूल्य सुनेर चकित ! « Khabarhub

आँपको मूल्य सुनेर चकित !


३२ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अहिले गर्मीको मौसम छ । बजारका लगभग सबै फलफूल पसलमा मौसमी फल, आँप पाइन्छ ।

फलको राजा अनि स्वादिष्टको गुण भएको आँप प्राय मानिसको मनपर्ने फल हो । तसर्थ मानिस यसलाई अत्यधिक चाहवका साथ खाने गर्दछन् ।

यस पटक बजारमा प्रतिकिलो आँपको मुल्य ५० देखि १५० रुपैयाँसम्म रहेको छ । तर के कुनै आँप साधारण मान्छेले किन्ने क्षमता भन्दा बढि हुनसक्ला ? के मात्र दुई दाना आँपको मुल्य लाखौं पर्न सक्ला ?

हो, विश्वमा एक यस्तो प्रकारको आँप पनि छ । जसको खरिदकर्ता जो कोहि हुन सक्दैन । नेपालमा नपाइने यस आँप किन्नलाई ठुला ठुला ब्यापारीको पनि पसिना छुट्ने गर्दछ ।

ताईयो नो तामागो (एग अफ द सन) नामक आँप एक यस्तो प्रकारको आँप हो । जुन जापानको मियाजाकी प्रान्तमा फलाइन्छ । यहाँ हरेक बर्ष सबैभन्दा पहिला फलाइएको आँपको महंगो मुल्यमा बोली लगाईन्छ । र हेर्दा हेर्दै यसको मुल्यले आकाश छुने गर्दछ ।

यस प्रकारको आँपलाई अन्य आँप झै त्यसै फल्न दिइदैन । यो आँप पाउनका लागी यसको अर्डर गर्नु पर्दछ । यस आँपको विशेषता भनेको यो आधा रातो र आधा पहेलो हुने गर्दछ । जापानमा यसलाई जाडो र गर्मी मौसमको बिचमा फलाइन्छ । त्यसैले पनि यसको मुल्य अधिकतम रहने गरेको छ । यो आँपको स्वाद अन्य आँपको तुलनामा अत्यन्त स्वादिष्ट र रसिलो हुने गर्दछ ।

सन् २०१७ मा यस प्रकारको एक जोडी आँपलाई ३ हजार ६ सय डलरको बोली लगाइएको थियो । अर्थात मात्र दुई दाना आँपको मुल्य ४ लाख ३७ हजारभन्दा बढि । यी दुबै आँपको वजन मात्र ३५० ग्राम थियो । अब अनुमान मात्र लगाउनुहोस् मात्र ७ ग्रामको आँपको मुल्य ४ लाख ३७ हजार भन्दा बढि पर्दछ भने पुरा एक किलो आँपको मुल्य कति पर्ला ? एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ९ : ४४ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका