आजको राष्ट्रियसभा बैठकमा संविधान संशोधन विधेयक टेबुल गरिँदै « Khabarhub

आजको राष्ट्रियसभा बैठकमा संविधान संशोधन विधेयक टेबुल गरिँदै


३२ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधान संशोधन विधेयक आज राष्ट्रियसभा बैठकमा टेबुल गरिदैछ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ टेवुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संविधान संशोधन विधेयक सभा समक्ष पेश गर्दै छन्। संविधान दोस्रो संशोधन विधेयक हिजो प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएको छ।

यस्तै आज प्रतिनिधिसभा बैठक पनि बस्दैछ। बिहान ११ बजे बस्नै बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विभिन्न विधेयक पेश गर्ने कार्यसूची छ।

बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७७ दफावार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री डाक्टर शिवमाया तुम्वाहाङफेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उनले नै केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  १० : ४१ बजे

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा