कैलालीका थप पाँच स्थानमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना « Khabarhub

कैलालीका थप पाँच स्थानमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना


३२ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको सीमाक्षेत्रका थप पाँच स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएका छन् ।

बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएका हुन् ।

जिल्लामा अब बिओपीको सङ्ख्या नौ पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको छ ।

१०१ किलोमिटर खुला सिमाना रहेको जिल्लामा लकडाउन अवधिमा सशस्त्र प्रहरी परिचालन गरी सीमा सुरक्षा हुँदै आएको छ ।

जिल्लाका पाँच स्थानमा बिओपी थप गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सीनाले जानकारी दिए ।

बीओपी स्थापना भएसँगै सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्न थप बल पुग्नुका साथै त्यस क्षेत्रका नागरिकको सुरक्षाको भएको जनाइएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  १२ : ३४ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच