प्रधानमन्त्रीको इम्युनिटी पावर बढाउन सप्तरीका स्थानीयले अदुवा र बेसार पठाए « Khabarhub

प्रधानमन्त्रीको इम्युनिटी पावर बढाउन सप्तरीका स्थानीयले अदुवा र बेसार पठाए


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– प्रधानमन्त्री केपी शर्मा ओलीको रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन सप्तरीबाट लसुन अदुवा र बेसार उपहार पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत राष्ट्रभक्त आम नेपाली जनताका नाममा उक्त सामग्री पठाइएको हो ।

विश्व कोरोना भाइरसको महामारीसँग जुँधिरहेको र नेपालले समयमै व्यवस्थापनको ध्यान नदिएपनि प्रधानमन्त्री ओलीले संसदमा इम्युनिटी बढाउन अदुवा बेसार र लसुन खान प्रेरित गरेको भन्दै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै यी सामग्री पठाइएको उल्लेख गरिएको छ ।

११ जनाले सामूहिक हस्ताक्षर गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई उपहार पठाइएको छ ।

हस्ताक्षर गर्नेमा सुनिताकुमारी साह, मानती सदा, पुष्पा स्वर्णकार, प्रमिला मण्डल, उर्मिला साह, रामकृष्ण रजक, उपेन्द्र साह, सिघेश्वर साह, विजय साह, अर्जुन यादव र सञ्जीव दासले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १ : ३७ बजे

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश

आठ महिनामा दुई सय चौध दुर्घटना

चितवन – चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय

सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगबारे छलफल सुरु

काठमाडौँ – नेवारी र तामाङ भाषाको बाहुल्य रहेको बागमती प्रदेशमा

कामपाको न्यायिक समितिमा ७५ प्रतिशत घर बहालका उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत

चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिन बीच भेट

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय