आजलाई बोलाइएको नेकपा सचिवालय बैठक स्थगित | Khabarhub Khabarhub

आजलाई बोलाइएको नेकपा सचिवालय बैठक स्थगित


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आजलाई बोलाइएको नेकपा सचिवालयको बैठक आकस्मिक रुपमा स्थगित भएको छ ।

आज बेलुका ४ बजेका लागि बोलाइएको सचिवालय बैठकमा एमसीसीका बारेमा छलफल गर्ने कार्यसुची राखिएको थियो । तर आकस्मिक रुपमा बैठक स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

खबरहबसँग कुरा गर्दै महासचिव पौडेलले भने,‘नेताहरुको कार्यव्यवस्थाका कारण आजका लागि बोलाइएको बैठक स्थगित भएको हो । अर्को बैठक छिट्टै बस्छ ।’

आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि बोलाइएको थियो ।

एमसीसीलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरूले राष्ट्र हितका पक्षमा भएकाले संसदबाट अनुमोदन गर्नु पर्ने बताउँदै आएका छन् भने उनी इतरका समुहले राष्ट्रहितमा नरहेको भन्दै संसोधनपछि मात्रै एमसीसीलाई अघि बढाउन सकिने जनाएका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ३ : ४७ बजे

पूजा गरेर कोटेश्वर प्रभाग पुनर्स्थापित, प्रहरीलाई फूलमालाले स्वागत (तस्बिरहरू)

काठमाडौं– भाद्र २४ गतेको तोडफोड र आगजनीमा क्षतिग्रस्त भएको कोटेश्वर

शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी

दोधारा चाँदनी- एक समय गाउँको विद्यालयमा अङ्ग्रेजी शिक्षक अध्यापन गर्ने

नेपालमा भेटिए छेपारोका दुई नयाँ प्रजाति

काठमाडौं– नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन् । संरक्षणकर्मीको

वैतेश्वरमा चट्याङ र हावाहुरी : ८ सय रुख ढले, विद्युत् अवरुद्ध 

दोलखा -जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-६ र ७ मा बुधबार

जेन-जीका नाममा सर्वस्व जलाइएपछि पूर्णबहादुरको गुनासो : काठमाडौंमा मेरो घर र जग्गा छैन भन्दा कोही पत्याउँदैन

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेन–जी आन्दोलनका नाममा भएको