पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज, हालसम्म ९७४ जना निको भए | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज, हालसम्म ९७४ जना निको भए


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ६१ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९ सय ७४ पुगेको छ ।

पछिल्लो पटक डिस्चार्ज हुनेमध्य ६ महिला र ५५ जना पुरुष रहेका छन् ।

नेपालमा आइतबार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ७६० पुगेको जानकारी दिएका हुन् ।

 

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ४ : ४१ बजे

हाउथीले इजरायलमा आक्रमण नरोक्ने

इजरायल – यमनमा इजरायली आक्रमण जारी रहनुका बाबजुद हाउथीको राजनीतिक

सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकामा सिँचाइ सुविधाका लागि खनिएको डिप बोरिङ

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा

प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना गरिँदै

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा ‘प्रथम राष्ट्रिय