पर्वत पहिरो अपडेट : ८ जनाको शव भेटियो, बेपत्ता एक जनाको खोजी जारी « Khabarhub

पर्वत पहिरो अपडेट : ८ जनाको शव भेटियो, बेपत्ता एक जनाको खोजी जारी


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई परिवारका ८ जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएका ९ जनामध्ये ८ जनाको शव भेटिएको छ भने एक जना अझै बेपत्ता छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको परिवारका ५ र विकास विकको परिवारका तीन जनाको पहिरोले पुरिएका हुन् ।

पहिरोले पुरिनेमा ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापा, नातिनी आठ वर्षीया बिबिसा र नाति १४ वर्षीय सम्राट थापा, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीया दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेक थापाको मृत्यु भएको छ ।

त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला विक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा विकको शव भेटिएको छ भने १३ वर्षीय जेनिस विक अझै बेपत्ता छन् उनको खोजी जारी रहेको छ ।

तुलबहादुरका छोरा अम्मर थापा र बुहारी रिमाया थापा भने ज्यान जोगाउन सफल भएका छन् । उनीहरु घरदेखि झण्डै पाँच सय मिटर परको डाँडामा पसल सञ्चालन गर्दै आएका थिए । उनीहरु पसलमै रहेका कारण ज्यान जोगिएको स्थानीय ऋषिराम पौडेलले जानकारी दिए ।

पहिरो गएलगत्तै कुश्माबाट पुगेको तीनवटै सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा उद्दार थालिएको थियो । पहिरोमा पुरिएका मध्ये  राति १ बजेसम्म तीन जना र बिहान पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

जेनिश विकको भने खोजी भइरहेको पर्वतका प्रहरी प्रमुख विश्वराज अधिकारीले बताए । मृतकहरुको शव दिनभरि स्थानीय स्वास्थ्य चौकीमा राखेर साँझ परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

पहिरोबाट बस्ती आसपासमा रहेका झण्डै आधा दर्जन घर जोखिममा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ । उनीहरुको पुर्ख्याौंली बसोबास सोही गाउँको ढकालवारीमा थियो । सो स्थानमा समेत पहिरो र बाढीको समस्या भएपछि पाँच वर्षअघि मात्र जग्गा किनेर काउलेमा आएका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ७ : ०१ बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर