चार महिने शिशुसहित २५ जनाले जिते कोरोना « Khabarhub

चार महिने शिशुसहित २५ जनाले जिते कोरोना


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट- कालीकोट जिल्लामा चार महिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् ।

महावै गाउँपालिकाकी रोशनी सिंहसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन् ।

जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना संक्रमितमध्ये तीनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए ।

आइसोलेशन कक्षमा उपचाररत रहेका महावैका आठ, शुभकालिका गाउँपालिका १२, खाँडाचक्र नगरपालिकाका दुई तथा तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र बाजुरा जिल्लाका एक-एक जना कोरोनालाई जितेर घर फर्केको सूचना अधिकारी महतले जानकारी दिए ।

जिल्लामा रहेका कोरोना संक्रमितमध्ये अहिले चार जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ८ : १३ बजे

मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा

टर्कीको इस्तानबुलस्थित इजरायली नियोगमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इजरायली नियोगमा गोली

सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव

काठमाडौं– नेकपा एमालेका सांसदहरूले सुशासन कायम गर्ने नाममा प्रतिशोध र

ट्रम्पको धम्कीलाई चुनौती दिँदै पावर प्लान्ट वरिपरि मानव साङ्लो बनाउने इरानको तयारी

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि व्यापक हमलाका लागि निर्धारण

भाउजुका नाममा एसईई दिने नन्द पक्राउ

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय