ला लिगाको उपाधि नजिक रियल मड्रिड, बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा ग्रानडा पराजित « Khabarhub

ला लिगाको उपाधि नजिक रियल मड्रिड, बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा ग्रानडा पराजित


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको रियल मड्रिडले ग्रानडालाई २-१ ले पराजित गरेको छ ।

लगातार नवौं जीत हात पार्ने क्रममा रियलले सोमबार राति ग्रानडाको मैदानमा पहिलो हाफमा गरेको दुई गोल नै जीतका लागि पर्याप्त रह्यो ।

रियलका लागि फ्रान्सका फर्लान्ड मेन्डी र करीम बेन्जेमाले गोल गरेका थिए । ग्रानडाका डार्विन माचिसले एकमात्र गोल गरे ।

खेलको दशौं मिनेटमा नै पाहुना टोली रियलले अग्रता लिएको थियो । फर्लान्ड मेन्डिले एकल प्रयासमा ६ यार्ड बक्सको बायाँ भागबाट पहिलो बारमा गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

उनले क्यासेमिरोले दिएको पासलाई अगाडी बढाउँदै तीन डिफेन्डरको चुनौती पार गर्दै रियलका लागि पहिलो गोल गरेका थिए ।

अग्रता लिएको ६ मिनेटमै रियल २-० ले अगाडी बढ्न सफल रह्यो । फरवार्ड करीम बेन्जेमाले पेनाल्टी क्षेत्रको बायाँ भागबाट उत्कृष्ट नियन्त्रणपछि गरेको प्रहार गोल भएको थियो ।

लुका मोड्रिचको पासलाई बेन्जेमाले अगाडी बढाएर डिफेन्डरलाई छक्याउँदै दोस्रो बारमा गरेको प्रहार गोल भएको थियो ।

दोस्रो हाफको ५ मिनेटमै घरेलु टोली ग्रानडाले गोल फर्काउँदै खेलमा फर्किएको संकेत दियो । यंगल हरेराको पासमा माचिसले गोल गर्दै रियलको अग्रता कम गरेका थिए । माचिसको प्रहार गोलरक्षक कोर्टुवाको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । त्यसपछि कुनै पनि टिमबाट गोल हुन सकेन ।

यो जीतसँगै रियलले बार्सिलोनासँग ४ अंकको अग्रता लिएको छ । रियलको ३६ खेलमा ८३ अंक छ भने बार्सिलोनाले ७९ अंक बनाएको छ । रियलले अब अर्को खेलमा अलाभेसलाई पराजित गरे उपाधि जीत्नेछ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ५ : २३ बजे

बालेनका चुनावी कमाण्डर भन्छन्, ‘उहाँले मिडिया फेस नगर्नु रणनीति हो’

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार शैली दक्षिण भारतीय सिनेमा

इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते

तेलअभिभ- इजरायलको बेइत शेमेश सहरमा इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा

‘हर्षाेल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’

काठमाडौं– अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले मौलिक धर्म संस्कृतिको जगेर्ना गर्दै

अर्थसंक्षेप : गाई फार्ममा रमाउँदै धनकुटाका कमलबहादुर, गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक र नेप्से झिनो अंकले बढ्यो

धनकुटाको पारिछाप्राङका कमलबहादुरको नमूना गाई फार्म पछिल्लो समयमा नेपालमा स्वरोजगार

देउवाको बिदाइसँगै कांग्रेसमा समाहित भयो नेपाली कांग्रेस (बी.पी.)

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवासँगको टसलका कारण जन्मिएको नेपाली कांग्रेस