भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, एकैदिन २८ हजार संक्रमित « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, एकैदिन २८ हजार संक्रमित


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चार दिनमा एक लाखभन्दा बढी संक्रमित थपिदा भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ९ लाख ७ हजार ६४५ जना संक्रमित भएका छन् । त्यसमध्ये २८ हजार १७९ जना पछिल्लो २४ घण्टाका संक्रमित हुन् भने १ लाख ३५ हजार ९६५ जना बिहीबारदेखि सोमबारसम्म संक्रमण भएकाको तथ्यांक हो ।

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म संक्रमितमध्ये ५ लाख ७२ हजार ११२ संक्रमणमुक्त भएका छन् भने ३ लाख ११ हजार ८०६ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ५ : ३६ बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या