दक्षिण चीन सागरमा चीनको दाबी गलत : अमेरिका « Khabarhub

दक्षिण चीन सागरमा चीनको दाबी गलत : अमेरिका


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनले गरिरहेको दाबी गलत र गैह्रकानूनी भएको जनाएको छ ।

ताइवान, फिलिपिन्स, ब्रुनाइ, भियतनाम लगायतका मुलुकले सदियौदेखि उक्त क्षेत्रमा आफ्नो दावी गरिरहँदा चीनले कृत्रिम द्वीप खडा गर्दै बढाइरहेको सैन्य तैनाथी गलत भएको अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले जनाएका छन् ।

क्षेत्रीय विवादमा कसैको पक्ष नलिने बताउँदै आएको अमेरिकाले आफ्ना सहयोगीहरूको अधिकार र समुद्री तटमा रहेका स्रोतहरूको संरक्षण गर्न भने अमेरिका प्रतिवद्ध रहेको पोम्पियोले बताएका छन्।

भियतनाम, मलेसिया र इन्डोनेसियाको नजिकको पानीमा चीनको दाबीलाई इन्कार गरेको स्मरण गराउँदै पोम्पयोले चीनका एकतर्फी गतिविधिले जलक्षेत्रको अधिकारमा अन्य मुलुकलाई बाधा पुर्‍याउनु गलत भएको बताए ।

विवादित क्षेत्र दक्षिण चीन सागरमा चीनको जल साम्राज्य बन्न संसारले अनुमति नदिनेसमेत उनले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ६ : ३५ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर