दक्षिण चीन सागरमा चीनको दाबी गलत : अमेरिका « Khabarhub

दक्षिण चीन सागरमा चीनको दाबी गलत : अमेरिका


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनले गरिरहेको दाबी गलत र गैह्रकानूनी भएको जनाएको छ ।

ताइवान, फिलिपिन्स, ब्रुनाइ, भियतनाम लगायतका मुलुकले सदियौदेखि उक्त क्षेत्रमा आफ्नो दावी गरिरहँदा चीनले कृत्रिम द्वीप खडा गर्दै बढाइरहेको सैन्य तैनाथी गलत भएको अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले जनाएका छन् ।

क्षेत्रीय विवादमा कसैको पक्ष नलिने बताउँदै आएको अमेरिकाले आफ्ना सहयोगीहरूको अधिकार र समुद्री तटमा रहेका स्रोतहरूको संरक्षण गर्न भने अमेरिका प्रतिवद्ध रहेको पोम्पियोले बताएका छन्।

भियतनाम, मलेसिया र इन्डोनेसियाको नजिकको पानीमा चीनको दाबीलाई इन्कार गरेको स्मरण गराउँदै पोम्पयोले चीनका एकतर्फी गतिविधिले जलक्षेत्रको अधिकारमा अन्य मुलुकलाई बाधा पुर्‍याउनु गलत भएको बताए ।

विवादित क्षेत्र दक्षिण चीन सागरमा चीनको जल साम्राज्य बन्न संसारले अनुमति नदिनेसमेत उनले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ६ : ३५ बजे

मतदाताको मौन विद्रोह कि विवेकपूर्ण छनोट ?

नेपालको लोकतान्त्रिक अभ्यासमा निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्राविधिक प्रक्रिया

रविमाथिका गम्भीर अपराधका मुद्दा फिर्ताविरुद्धको रिटमा आदेश आउँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका मुद्दा फिर्ता

इरानमाथि आक्रमण गर्दा अमेरिकालाई क्षति, ७ सैनिकको मृत्यु, १४० जना घाइते

तेहरान- अमेरिका र इजरायलले इरानमाथि युद्ध थोपरेको बुधबार १२औँ दिनमा

‘अमेरिकी हतियार सारिए पनि उत्तरको खतरा रोक्न सकिन्छ’

एजेन्सी– मध्यपूर्वमा बढ्दो युद्धका कारण अमेरिकाले दक्षिण कोरियामा तैनाथ आफ्ना

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

काठमाडौं–  प्रहरी प्रधान कार्यालयले काठमाडौंगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर