साउथह्याम्पटनसँगको बराबरीले म्यान्चेष्टर शीर्ष तीनमा पुग्न असफल « Khabarhub

साउथह्याम्पटनसँगको बराबरीले म्यान्चेष्टर शीर्ष तीनमा पुग्न असफल


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग फुटबलमा साउथ ह्याम्पटनसँगको बराबरी म्यान्चेष्टर युनाइटेडका लागि दुर्भाग्य सावित भएको छ ।

म्यान्चेष्टर युनाईटेडले साउथह्याम्पटनसंग २–२ गोलको बराबरी खेल्दै शीर्ष तीनमा उक्लन मौका गुमाएको छ ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा पहिलो हाफमा लिएको अग्रता कायम राख्न नसक्दा युनाईटेडले बराबरीमा रोकिएको हो ।

युनाईटेडले घरेलु मैदानमा जीत निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लिने मौका थियो । लण्डन क्लब चेल्सी र लेस्टर सिटीले पछिल्लो समय अंक गुमाईरहेको अवस्थामा युनाईटेडलाई च्याम्पियन्स लिग छनोटको दौडमा अघि बढ्ने अवसर थियो । तर युनाईटेडले शीर्ष तीनमा उक्लिने अवसर गुमाएको छ ।

स्टुआर्ट आर्मस्ट्रङको गोलमा साउथह्याम्पटले खेलमा सुरुवाती अग्रता बनाएको थियो । मार्कुस रासफोर्डले २० औं मिनेटमा खेल बराबरीमा फर्काए ।

त्यसको तीन मिनेटपछि एन्थोनी मार्टियलले गोल गर्दै घरेलु टोली युनाईटेडलाई खेलमा २–१ को अग्रता दिलाए । दोस्रो हाफको ईन्जुरी समयमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मिकेल ओबाफिमीले गोल गर्दै साउथह्याम्पटनलाई अंक दिलाउन सफल रहे ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ४० बजे

बालेनका चुनावी कमाण्डर भन्छन्, ‘उहाँले मिडिया फेस नगर्नु रणनीति हो’

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार शैली दक्षिण भारतीय सिनेमा

इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते

तेलअभिभ- इजरायलको बेइत शेमेश सहरमा इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा

‘हर्षाेल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’

काठमाडौं– अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले मौलिक धर्म संस्कृतिको जगेर्ना गर्दै

अर्थसंक्षेप : गाई फार्ममा रमाउँदै धनकुटाका कमलबहादुर, गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक र नेप्से झिनो अंकले बढ्यो

धनकुटाको पारिछाप्राङका कमलबहादुरको नमूना गाई फार्म पछिल्लो समयमा नेपालमा स्वरोजगार

देउवाको बिदाइसँगै कांग्रेसमा समाहित भयो नेपाली कांग्रेस (बी.पी.)

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवासँगको टसलका कारण जन्मिएको नेपाली कांग्रेस