अयोध्याबारे ओलीको अभिव्यक्तिपछि नेपालभित्रै चर्को आलोचना « Khabarhub

अयोध्याबारे ओलीको अभिव्यक्तिपछि नेपालभित्रै चर्को आलोचना


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिपछि उनको देशभित्रैबाट चर्को आलोचना भएको छ ।

ओलीले सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भगवान रामको जन्मस्थान भारतको अयोध्यामा नभई नेपालकै वीरगञ्‍ज पश्चिममा पर्ने गाउँमा जन्मिएको अभिव्यक्तिपछि उनको सर्बत्र आलोचना चुलिएको हो ।

भारतीय सत्तारूढ दल भाजपाले आस्थामाथि खेलबाड नगर्न ओलीलाई चेतावनी दिएको छ भने नेपालभित्रै पनि यसको सर्वत्र आलोचना भएको हो ।

भारतले नक्कली अयोध्या खडा गरी नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउँदै सीता भारत अयोध्याका रामलाई नभइ वीरगञ्ज पश्चिमस्थित ठोरियाका रामसँग विवाह भएको उल्लेख गरेपछि सामाजिक सञ्जाहरूमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं अभियान्ताहरूले आलोचना गरेका हुन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्यङ्ग्य गर्दै ट्वीट गरेका छन्, ‘आधी–कवि ओलीकृत कलियुगीन नयाँ रामायण श्रवण गरौँ ! सिधै वैकुण्ठधामको यात्रा गरौँ !’

राजसंस्था र हिन्दु धर्मलाई राजनीतिको आधार बनाउने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका छन्‌ ।​

उनले ट्वीटरमा लेखेका छन्‌, ‘​प्रमको स्तरबाट यस्ता उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रमको ध्यान गएजस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन।’

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले धर्म भावनात्मक विषय भएकाले यसका सम्बन्धमा बेतुकका अभिव्यक्ति दिँदा लज्जित बनाउने तर्क राखेका छन् ।

नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाललेसमेत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको आलोचना गरेका छन् । अप्रमाणित कुरा गरेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हुने बताउँदै रिजालले नेपाली भूमि फिर्ता ल्याउने बेलामा उत्तेजित अभिव्यक्ति दिनु रहस्यमय भएको बताएका छन् ।

पत्रकार अमित ढकालले ओलीको अभिव्यक्तिको सन्दर्भमा व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘श्रीलंका टापू कोशीमा छँदैछ । छेवैमा हनुमान नगर पनि छ, वानर सेनाले पुल हाल्दा बसालेको !’

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार भएर काम गरिसकेका डा. कुन्दन अर्यालले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आश्चर्यता प्रकट गर्दै ‘प्रधानमन्त्रीले भारतीय टिभी च्यानलसँग प्रतिस्पर्धा गर्न खोजेको हो ?’ भनेर प्रश्न गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ९ : २५ बजे

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका

बर्खा लाग्यो, हिउँ पर्न छाडेन

मुस्ताङ– हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ

आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ– बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न

१८ सय बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम– सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि इलामको