जलेश्वरमा बाढी पस्यो, आवतजावतमा समस्या « Khabarhub

जलेश्वरमा बाढी पस्यो, आवतजावतमा समस्या


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ । बाढी बस्तीमा पसेपछि नगरबाट बाहिर निस्कन सक्ने सवै बाटो अवरुद्ध भएको छ ।

बाढी र डुबान प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले निरीक्षण गरेका छन् । कटुवालसहित सुरक्षा निकाय, जनताको तटबन्ध, हुलाकी सडक तथा अन्य सम्बन्धित सरोकारवालासहितको टोलीले ट्याक्टरमा चढेर प्रभावित क्षेत्रको निरीक्षण गरेको हो ।

निरीक्षणको क्रममा जलेश्वरमा बाढीको पानी आउने रातु नदीको एकडारा गाउपालिका ६ कोल्हुवा र महोत्तरी गाउपालिकाको रानी रतवाराको मध्यभागमा अवस्थित तटबन्ध मंगलबार भित्र पुर्ण मर्मत गरिसक्न जनताको तटबन्धलाई प्रजिअ कटुवालले निर्देशन दिए ।

प्रजिअ कटुवालले नदीमा ठुलो बाढी आउने पानी तत्काल नभएपनि विभिन्न स्थानमा कमसल र जिम्मेवारीबिहीन किसिमले निर्माण गरिएको अधुरो तटबन्धकै कारण जिल्लाका धेरै स्थान डुवानमा परिरहेकोले त्यसता स्थानहरु उनले आफै निरिक्षण गर्दै जनताहरुसँ गुनासो सुन्दै चाँडै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

यता जलेश्वर कारागारमै करिब तीन फिट पानी जमेर पानीको हातेकल र भान्सा घर नै डुवानमा परेपछि नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाले सय कार्टुन पानीको बोतल सहयोग गरेका छन । हातेकलमा पानी पसेर पानी पिउने अवस्था नभएपछि रेडक्रसले सहयोग गरेको हो ।

सदरमुकाम जलेश्वर, मटिहानी, पिपरा, वल्वा, महोत्तरी लगायतका पालिकाहरुमा रहेको पानीको चाप केहि मात्रामा कम भएको छ । विपद व्यवस्थापन समितिले बन्द सडक र कमजोर तटबन्ध मर्मतको लागि कडाई गरेपछि भोलि साझसम्म हुलाकी र परिक्रमा सडकहरु खुल्ने सम्भावना छ । शुभम साहबाट

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १२ : १७ बजे

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका