जलेश्वरमा बाढी पस्यो, आवतजावतमा समस्या « Khabarhub

जलेश्वरमा बाढी पस्यो, आवतजावतमा समस्या


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ । बाढी बस्तीमा पसेपछि नगरबाट बाहिर निस्कन सक्ने सवै बाटो अवरुद्ध भएको छ ।

बाढी र डुबान प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले निरीक्षण गरेका छन् । कटुवालसहित सुरक्षा निकाय, जनताको तटबन्ध, हुलाकी सडक तथा अन्य सम्बन्धित सरोकारवालासहितको टोलीले ट्याक्टरमा चढेर प्रभावित क्षेत्रको निरीक्षण गरेको हो ।

निरीक्षणको क्रममा जलेश्वरमा बाढीको पानी आउने रातु नदीको एकडारा गाउपालिका ६ कोल्हुवा र महोत्तरी गाउपालिकाको रानी रतवाराको मध्यभागमा अवस्थित तटबन्ध मंगलबार भित्र पुर्ण मर्मत गरिसक्न जनताको तटबन्धलाई प्रजिअ कटुवालले निर्देशन दिए ।

प्रजिअ कटुवालले नदीमा ठुलो बाढी आउने पानी तत्काल नभएपनि विभिन्न स्थानमा कमसल र जिम्मेवारीबिहीन किसिमले निर्माण गरिएको अधुरो तटबन्धकै कारण जिल्लाका धेरै स्थान डुवानमा परिरहेकोले त्यसता स्थानहरु उनले आफै निरिक्षण गर्दै जनताहरुसँ गुनासो सुन्दै चाँडै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

यता जलेश्वर कारागारमै करिब तीन फिट पानी जमेर पानीको हातेकल र भान्सा घर नै डुवानमा परेपछि नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाले सय कार्टुन पानीको बोतल सहयोग गरेका छन । हातेकलमा पानी पसेर पानी पिउने अवस्था नभएपछि रेडक्रसले सहयोग गरेको हो ।

सदरमुकाम जलेश्वर, मटिहानी, पिपरा, वल्वा, महोत्तरी लगायतका पालिकाहरुमा रहेको पानीको चाप केहि मात्रामा कम भएको छ । विपद व्यवस्थापन समितिले बन्द सडक र कमजोर तटबन्ध मर्मतको लागि कडाई गरेपछि भोलि साझसम्म हुलाकी र परिक्रमा सडकहरु खुल्ने सम्भावना छ । शुभम साहबाट

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १२ : १७ बजे

विदेशीले दिएको उपहार ग्रहण गर्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लिएर प्रतिपक्ष दलले विभिन्न

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी  दिने समय आज सकिँदै 

काठमाडौँ– संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध कुनै गुनासो भए

अभिनेत्री केटको लुक्स परिवर्तन

लस एन्जलस – हलिउडको प्रतिष्ठित फिल्म ‘टाइटानिक’ मा रोजको भूमिका

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’

तनहुँ – कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बागलुङ – जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ।