काठमाडौं – नेपाली कांग्रेसले कोरोना महामारीक विषम परिस्थितिलाई मध्यनजर गरी व्यवसायीलाई सहज रुपमा चल्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएको छ।
मंगलबार सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठित ‘कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समिति’ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटगरी यस्तो सुझाव दिएको हो ।
समितिले साना तथा मझौला व्यवसायीहरुलाई सहुलियतपूर्ण ऋणको व्यवस्थाका साथै कोरोना महामारीको यस विषम परिस्थितिलाई सम्बोधन हुने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको हो ।
उद्योगधन्दा चल्ने वातावरण नभएकोले व्यवसाय सन्चालन गर्न कठिन भएको गुनासो व्यवसायीले गरिरहेको भन्दै यसतर्फ ध्यान दिन समेत समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ।
टोलीमा समितिका संयोजक डा. प्रकाश शरण महतको नेतृत्वमा समितिका सदस्यहरु एनपी साउद, डा. चन्द्र भन्डारी, राजिब बिक्रम शाह, डा. प्रभु बुढाथोकी, डा.पोसराज पान्डे, नैनसिंह महर सहभागी थिए।
प्रतिक्रिया