फोक्सो सम्बन्धि समस्या भएकालाई माछा लाभदायक « Khabarhub

फोक्सो सम्बन्धि समस्या भएकालाई माछा लाभदायक


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

प्रायः मानिस स्वाद लिन माछामासु खान्छन् । माछामासु स्वादलाई मात्र होइन स्वास्थ्यमा समेत निकै फायदाजक हुन्छ ।

माछामासुमा उच्च पौष्टिकता हुन्छ । जसले स्वास्थ्यमा फाइदा पुर्याउँछ । अझ माछामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागी धेरै उपयोगी हुन्छ । किन माछा खानु पर्छ त ?

१. माछामा पाइने ओमेगा–३ नामक बोसोयुक्त एसिडले मानव शरीरमा फाइदा पुर्याउँछ । ओमेगा–३ ले मस्तिष्क र आँखाको रेटिनाका स्नायु निर्माणमा मद्दत पुर्याउँछ । साथै तन्तु निर्माण, विकास र बृद्धिमा ओमेगा ३ एसिडको अनिवार्य रहन्छ ।
आवश्यकता पर्छ ।

२. गर्भावस्थामा वा सुत्केरी अवस्थामा आमाले पर्याप्त माछा खाएमा बच्चाहरुको मष्तिक र स्नायु प्रणालीमा वृद्धि विकाशमा मद्दत पुर्याउँछ । जन्मनु अघि आमाको गर्भबाटै डिएचए प्राप्त गर्ने बच्चाले जन्मेपछि आमाको दूधबाट यो तत्व प्राप्त गर्दछन् । तर आमाको दूध नखाने वा बट्टा बन्द दूध खाने बच्चाहरुले यो पोषण पाउदैनन् । यसले बच्चाहरुको मस्तिष्क र दृश्यशक्ति कम हुने संभावना रहन्छ ।

३. नियमित माछा वा मााछाको तेल खाएमा दम रोगको जोखिम कम भएर जान्छ । माछाको तेलको सेवनले फोक्सोको विभिन्न रोगहरुमा समेत उपयोगी हुन्छ । साथै शरीरमा आउने एलर्जीबाट बचाउन पनि माछाको सेवन लाभदायी रहन्छ ।

४. एक अध्ययनमा मष्तिक बोधो भएका, सामान्य ब्यवहारिक कार्य गर्न नसक्ने र लेखपढ गर्न समस्या भएका (डिस्प्राक्सिया, डिस्लेक्सियाजस्ता रोगका)बच्चाहरुलाई नियमित माछाको तेल खुवाउँदा सकारात्मक असर पाइएको थियो ।

५. किशोरावस्थामा हुने तनाव, आक्रमकता र आक्रोश नियन्त्रणमा पनि माछाको सेवन निकै लाभदायी रहन्छ । एक अध्ययन अनुसार शरीरमा पर्याप्त मात्रामा ओमेगा–३ को आपूर्ति भएका किशोरहरुमा तनावग्रस्त अवस्थामा पनि आक्रमकता तथा आक्रोशको भावना कम हुने पाइएको थियो ।

६ बुढ्यौली अवस्थाका मानिसमा समेत माछाको सेवन लाभदायी हुन्छ । विशेष गरी ५० बर्षपछिको उमेरमा देखापर्ने रोग नियन्त्रणमा पनि माछाको सेवन उपयोगी हुन्छ । कतिपय अवस्थामा क्यान्सर तथा हृदयरोगहरुमा समेत माछाको सेवनले फाइदा पुर्याउँछ ।

७. धुम्रपानको लत भएका मानिसमा समेत माछाको सेवन लाभदायी हुन्छ । साता ३/४ पटक सम्म माछा खाएमा धुम्रपानका कारण निम्तिने रोगहरुबाट बच्न मद्दत गर्दछ । माछा खानेहरुमा ब्रोङकाइटिस, दमजस्ता रोगहरुको असर कम हुन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : ४७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु