मानव तस्करसंग साँठगाठ गरेको आरोपमा एनआरएनए दुबईका अध्यक्षसहित तीन पदाधिकारी निलम्बित « Khabarhub

मानव तस्करसंग साँठगाठ गरेको आरोपमा एनआरएनए दुबईका अध्यक्षसहित तीन पदाधिकारी निलम्बित



दोहा : मानव तस्करलाई सहयोग गरी दलालसँग मिलेर कुटपिटको घटनामा संलग्न भएको आरोपमा एनआरएनए यूएईका तीन पदाधिकारीहरु निलम्बनमा पारेका छन् ।

संघले एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यमहरुमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) यूएई र यसको दुबई क्षेत्रीय समितिका केहि पदाधिकारीहरुको नाम समेत मुछिएर समाचार सम्प्रेषण भइरहेको सन्दर्भमा एनआरएनए यूएईको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष प्रकाश कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा बेलायत लैजाने प्रलोभनमा पारी जनही ९ लाख रूपैया लिई यूएईमा एक व्यक्तिको जिम्मा लगाईएको तर, यूएई ल्याएपछि बेलायत पठाउन नसकिने भन्दै यूएईमै राम्रो रोजगारीमा लगाई दिने भनि पासपोट र अन्य कागजात सो व्यक्तिले नियन्त्रणमा लिएको बुझिन आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पीडितहरुले यूएईस्थित नेपाली दूतावास र एनआरएनए यूएईमा उजुरी दिएपछि छानविन प्रकृया अघि बढीरहेको अवस्थामा एनआरएनए दुबई क्षेत्रीय समितिका अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्रीको उपस्थितिमा कुटपिट भएको भनी नाम मुछिएको हुँदा उक्त घटनाको छानविन किनारा नलागे सम्मलाई एनआरएनए दुबई क्षेत्रीय समितिका अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्रीलाई निलम्बन गरिएको जनाएको छ ।

एनआरएनएले जारी गरेको विज्ञप्तिमा अध्यक्षको परामर्श बिना र समितिमा कुनै छलफल नगरी सस्थाको लेटरप्याड र छाप दुरुपयोग गरी एनआरएनए यूएईका उपाध्यक्ष नरेश सेनले मनोमानी ढंगले विज्ञप्ति निकालेको जनाएको छ ।

उक्त विज्ञप्तिको विषयमा अतिरन्जित तथा अन्तराष्ट्रिय रुपमा सस्थाको छबि धमिलो हुन गएकोले उनी सस्थामा रहेर पनि आफ्नो पदीय मर्यादा र जिम्मेवारी दुरुपयोग गरेकोले यो मुद्दाको फैसला नभए सम्म उपाध्यक्ष नरेश सेनलाई समेत निलम्बन गरिएको एनआरएनए यूएईले जनाएको छ ।

काठमाण्डौं स्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालीकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारी र दुबइ बस्ने श्याम थापाले ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै ९ देखि १० लाख रुपैयाँ उठाएर दुबईमा अलपत्र बनाएका दलालहरुको संरक्षण गरेको आरोप मल्ल र खत्रीलाई लागेको थियो ।

यस्तो छ एनआरएनए यूएईले निकालेको विज्ञप्ति

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : ३९ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका