मानव तस्करसंग साँठगाठ गरेको आरोपमा एनआरएनए दुबईका अध्यक्षसहित तीन पदाधिकारी निलम्बित « Khabarhub

मानव तस्करसंग साँठगाठ गरेको आरोपमा एनआरएनए दुबईका अध्यक्षसहित तीन पदाधिकारी निलम्बित



दोहा : मानव तस्करलाई सहयोग गरी दलालसँग मिलेर कुटपिटको घटनामा संलग्न भएको आरोपमा एनआरएनए यूएईका तीन पदाधिकारीहरु निलम्बनमा पारेका छन् ।

संघले एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यमहरुमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) यूएई र यसको दुबई क्षेत्रीय समितिका केहि पदाधिकारीहरुको नाम समेत मुछिएर समाचार सम्प्रेषण भइरहेको सन्दर्भमा एनआरएनए यूएईको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष प्रकाश कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा बेलायत लैजाने प्रलोभनमा पारी जनही ९ लाख रूपैया लिई यूएईमा एक व्यक्तिको जिम्मा लगाईएको तर, यूएई ल्याएपछि बेलायत पठाउन नसकिने भन्दै यूएईमै राम्रो रोजगारीमा लगाई दिने भनि पासपोट र अन्य कागजात सो व्यक्तिले नियन्त्रणमा लिएको बुझिन आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पीडितहरुले यूएईस्थित नेपाली दूतावास र एनआरएनए यूएईमा उजुरी दिएपछि छानविन प्रकृया अघि बढीरहेको अवस्थामा एनआरएनए दुबई क्षेत्रीय समितिका अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्रीको उपस्थितिमा कुटपिट भएको भनी नाम मुछिएको हुँदा उक्त घटनाको छानविन किनारा नलागे सम्मलाई एनआरएनए दुबई क्षेत्रीय समितिका अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्रीलाई निलम्बन गरिएको जनाएको छ ।

एनआरएनएले जारी गरेको विज्ञप्तिमा अध्यक्षको परामर्श बिना र समितिमा कुनै छलफल नगरी सस्थाको लेटरप्याड र छाप दुरुपयोग गरी एनआरएनए यूएईका उपाध्यक्ष नरेश सेनले मनोमानी ढंगले विज्ञप्ति निकालेको जनाएको छ ।

उक्त विज्ञप्तिको विषयमा अतिरन्जित तथा अन्तराष्ट्रिय रुपमा सस्थाको छबि धमिलो हुन गएकोले उनी सस्थामा रहेर पनि आफ्नो पदीय मर्यादा र जिम्मेवारी दुरुपयोग गरेकोले यो मुद्दाको फैसला नभए सम्म उपाध्यक्ष नरेश सेनलाई समेत निलम्बन गरिएको एनआरएनए यूएईले जनाएको छ ।

काठमाण्डौं स्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालीकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारी र दुबइ बस्ने श्याम थापाले ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै ९ देखि १० लाख रुपैयाँ उठाएर दुबईमा अलपत्र बनाएका दलालहरुको संरक्षण गरेको आरोप मल्ल र खत्रीलाई लागेको थियो ।

यस्तो छ एनआरएनए यूएईले निकालेको विज्ञप्ति

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : ३९ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले