कालिकोटको महाबैमा पहिरोले वडा सदस्यको घर पुर्दा ६ जनाको मृत्यु « Khabarhub

कालिकोटको महाबैमा पहिरोले वडा सदस्यको घर पुर्दा ६ जनाको मृत्यु


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट- कालिकोटको महाबै गाउँपालिका–३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ ।

गए रातिको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा परिवारका ६ जनाको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र दाजु डिलबहादुर विष्टका दुई छोरी गरी ६ जनाको ज्यान गएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिएका छन् ।

स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्धारमा लागिरहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : १४ बजे

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल