अपडेट : लिदी पहिरोमा कम्तीमा ३५ बेपत्ता, २७ घर पुरिए « Khabarhub

अपडेट : लिदी पहिरोमा कम्तीमा ३५ बेपत्ता, २७ घर पुरिए

हेलिकोप्टर घटनास्थलमा अवतरण हुन सकेन


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा गएको पहिरोले २७ घर पुरिएको छ । शुक्रबार बिहान गएको पहिरोमा कम्तीमा ३५ बेपत्ता भएको स्थानीयले बताएका छन् ।

प्रहरीले भने एकीन तथ्यांक सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी माधवप्रसाद काफ्लेले प्रहरीहरु घटनास्थल पुग्दै गरेको कारण एकीन तथ्याङ्क आइ नसकेको बताए ।

स्थानीय पेशलाल दोङको अनुसार पहिरोमा ३५ बढी बेपत्ता भएको र २७ घर पुरिएको जानकारी दिए । पुरिएका घरमध्ये २२ घर पूर्ण रुपमा क्षति पुगेको बाँकी ५ घरमा आंशिक क्षति पुगेको दोङले बताए ।

यता गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले भने पहिरोमा १३ घर पुरिएको बताएका छन् । पहिरोमा पुरिएका ५ घरका व्यक्तिहरु सम्पर्कविहिन भएको भन्दै अध्यक्ष श्रेष्ठले सम्पर्कविहीन भएका मध्ये १३ जना एकीन भइसकेको बताए ।

१५ जना घाइतेहरु लप्सेचौरमा निस्किएको उनले जानकारी दिए । पहिरोबाट थप ३० घर प्रभावित भएको जानकारी दिँदै उनले माथिबाट पहिरो झरिरहेको र तरबाट पनि बगिरहेकोले उद्धारमा कठिनाइ भइरहेको बताए ।

गएको साउन २३ गते सो ठाउँका स्थानीयले बस्ती जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएका थिए । तर विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले खासै चासो नदिएका कारण यस्तो दुर्घटना हुन पुगेको स्थानीय आशबहादुर तामाङले आक्रोश पोखे ।

तामाङका अनुसार २६ मेघावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणको क्रममा विष्फोटन गर्दा जमिन हल्लिएका कारण पहिरो गएको हो । जिल्ला प्रशासन कार्यालयमा बुझाएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका ५ सय भन्दा बढी घरहरु जोखिममा परेको उल्लेख गरेको उनले बताए ।

पहिरो गएको क्षेत्रमा सभामुख अग्नीप्रसाद सापकोटा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाललगायतको टोली उद्दारका लागि आएपनि घटनास्थल पुग्न नसक्दा चौतारामा हेलिकप्टरको अवतरण गरिएको छ ।

चौतारामा झरेर उद्दारका लागि सभामुखले ४ जना सेना र एक जना इन्जिनियरलाई त्यसतर्फ पठाईएको जनाएको छ । त्यस्तै रेडक्रसले पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ११ : १३ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त